गजलकार परिचय :
प्रकाश बुढाथोकी (प्रबु जलन)
चैनपुर ४ धादिङ
बागमती नेपाल
हाल :साउदि अरेबिया
बाबुको नाम :गोबिन्द बहादुर बुढाथोकी
आमाको नाम:राममाया बुढाथोकी
|
हाम्रो माया पृथक बनाई दुनियाँलाई देखाउनु पर्छ।
चोखो माया यस्तो भनी इतिहासमा लेखाउनु पर्छ।
एकलाई दुख्दा अर्को रून्छ निस्वार्थ माया प्रेममा।
मायाले लागेको घाउ यहीँ मायामा सेकाउनु पर्छ।
तिमी र म भयौं भने असम्भव के नै छर दुनियाँमा ।
हामी बिच फाटो ल्याउने बैरि बाटो छेकाउनु पर्छ।
राम्रा मान्छे बैरिलाई आखाको कसिङ्गर हुन्छ अरे
पातलमा मात्र होईन गगनमा पाईला टेकाउनु पर्छ।
जुनमा बसाइ सरौ हामी ज्ञानको जोति छर्नलाई।
साचो माया गर भनी सबलाई अब चेताउनु पर्छ।
गजल २
जहा स्वार्गिय मनोरमको आभाष हुन्छ यहि हो मेरो चैनपुर।
प्रफुल्ल मन भई आनन्दको बाँस हुन्छ यहि हो मेरो चैनपुर।
सुन्दरताको तारफ गरि कन कोहिलि नाच्दै गाउँछ कुहु कुहु।
हरपल मलाई त्याहि गाउँ खास हुन्छ यहि हो मेरो चैनपुर।
कति स्वाच्छ बाताबरण थकाई लाग्दा चौतारिको चिसो हावा।
यस्तो गाउँ छोड्यो भनी बदमास हुन्छ यहीँ हो मेरो चैनपुर।
पसिना बगाउछु नङ्गरा खियाउछु परिश्रम गर्न छोड्दिन म।
बिहान बेलुकि खान एक गाँस हुन्छ यहीँ हो मेरो चैनपुर।
यसैत सुन्दर नगरि उसैमाथि समाजका मान्छे मिलनसार।
उन्नति प्रगति गरौ भन्ने आश हुन्छ यहीँ हो मेरो चैनपुर।
गजल ३
गाउँमा दशै आयो अरे आफ्नो यहाँ बेहाल छ।
रूदै होलिन मेरा आमा थाहा छैन के चाल छ।
पल्ला घरे माख्ला घरे दशै मान्न गए अरे।
अरू घरमा खसी होला मेरो घरमा दाल छ।
मुटु चिरा चिरा भाछ यहाँ दशै र तिहार संझिदा।
भन्थ्यो भाईले माख्लो गाउँमा जुवाको खाल छ।
पोहोर आईन आमा यसपालि नि आइन् म।।
परदेशको काम संझे लाग्छ वरिपरि काल छ।
हासो खुसि सबै लुट्यो मरूभुमिको घामले।
भन्छन साथिहरू तिहारमा देउसि बबाल छ।
गजल ४
तिम्रो याद आईदिदा कति दिन भो खाको छैन।
हर पल हर बखत हर रात निदाउन पाको छैन।
आफ्नो भन्दा तिम्रो पिर आज किन धेरै हुन्छ।
तिम्रै पिरले गर्दा आज मनमा खुसि छाको छैन।
कोमल मुटु घायल पारि तिमी पराई भएपछि।
भौतारिदै पागल हुदाँ राम्रो लुगा लाको छैन।।
निस्ठुरिले धोका दिई जिउँदै आगो लगाई जादा।
जीवन जिउँदो लास भई सोचे जस्तो भाको छैन।
जसलाई रोजे उहीँ नपाउँदा अब किन बाचौ भनी।
कति काम पाउँदा पनि जागिर खान गाको छैन।।
गजल ५
मन मिल्ने एउटै पाको थिएँ तर जात मिलेन।
लाखौं कोसिस गरेपनि तेस्तो कुनै रात मिलेन।
उसको मान्छे बन्ने आशमा सात समुन्द्र तरे म।
दुख कष्ट सबै मिल्यो तर पैसाको खात मिलेन।
खुसि लुटे घर जलाईदे सारा पीडा दिएपछि।
अब भन्न कहाँ मिल्यो आफन्तको घात मिलेन।
बिहे गर बाबू भन्थिन आमा २0/२२ उमेर पुग्दा।
अभाबै अभावमा अल्झेर होला बैशालु मात मिलेन।
जीवन र मरणको दोसाँधमा छट्पटाई रहदा म।
रमिता हेर्ने लाखौं भए तर सहयोगी हात मिलेन।
गजल ६
उनकै लागि दिलको कुना आजसम्म खालि छ।
मलाई मन पर्ने एउटा क्षितिज पारि काली छ ।
कल्पनामा हराएर उनको धड्कन छामि संके।
मान्छे काली भर के भो एकदम दिलवालि छ।
यादैयादमा बस्दाखेरि रात बितेको थाहै हुन्न।
के गर्नुत यस्तै छ यहाँ म मेचि उ महाकालि छ।
भेटिएर छुटिहाल्यो फेरि भेट्न महाभारत भो।
म फुल बनी पर्खिरहुला मेरो एउटा माली छ।
दैबलेनि घात गर्यो बनाईदियो धेरै टाढा टाढा।
भेट होस् भन्ने आशमा वर लाखबत्ति बालि छ।
प्रकाश बुढाथोकी (प्रबु जलन)
चैनपुर ४ धादिङ
बागमती नेपाल
हाल :साउदि अरेबिया
बाबुको नाम :गोबिन्द बहादुर बुढाथोकी
आमाको नाम:राममाया बुढाथोकी
No comments:
Post a Comment