Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मार्च ८ संग जोडिएको महिला आन्दोलन [ कल्पना पौडेल “जिज्ञासु” ]

मार्च ८ संग जोडिएको महिला आन्दोलन [ कल्पना पौडेल “जिज्ञासु” ]


-कल्पना पौडेल “जिज्ञासु” 
गैडाकोट-४,नवलपरासी 
हाल: इजरायल
ज भन्दा १०५ बर्ष अगाडि नुर्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरुले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहा“ महिलाको उपस्थिती नरहेको होस् । बर्सेनि मनाउदै आइरहेको “नारी दिवस” नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास बर्ष अघि भेटेको अन्तरिक्ष होस या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेरी क्युरीले मिश्रण्ँ गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय बर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् । समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छैनन् ।

१ दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
२ सामुहिक बलत्कारको बड्दो विकृती ।
३ छोरी जन्म्याएको कारण्ँ घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
४ अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोरीको संख्या कमी हुनु ।
५ छोरीको जात हु“दा घरमा स–साना भाई बैनी हेर्नु पर्ने र काममा सघाउनु पर्ने हु“दा स्कुलमा छात्राको संख्या न्यून हुनु ।


कुनै पनि देश होस् या ठाउ“ त्यहा“को परिवेश सास्कृतिक परिपाटिका अनुसार फरक परेता पनि सबै समाचारका पीडित पात्र महिला नै रहेको पाइन्छ । विकासको हरेक क्षेत्रमा अगुवाई मानिएको आधुनिकताले बुलन्द छुन सफल अमेरिका जस्तो देशमा पनि यस्तै घटनाहरु हुने गरेको पाइन्छ । पतिद्वारा वेपत्ता सुजन पाओल या त्यसैगरी वेपत्ता पारिएकी लेसी पिटर्सन हुन् या सम्पत्तिको लोभमा परेर जघन्य हत्याको शिकार भएकी हाम्रै देशकी गीता ढकाल हुन् या कंगो या सुडानजस्ता मुलुकबाट अपहरित निरीह बालिकाहरु हुन् जसले महिलाको दुरावस्थालाई झल्काउ“छन् । भारतको कलकत्ता, बम्बई, वेलायत, बैंकक, सोभियतसंघ, पोल्यान्ड लगायतका शहरमा बाध्यताबस शारिरीक व्यापारमा संलग्न युवतीहरुको व्यथाले महिला शोÈण्ँका आकार, अनुहार र परिस्थिती फरक भएपनि सबैले महिला हुनुको कुनै न कुनै तरिकाले मुल्य चुकाएकै देखिन्छ । त्यति हुँदाहुँदै पनि त्यो समाजको आथिर्क शैक्षिक धामिर्क, न्यायिक, आदि तत्वहरुले पनि प्रभाव पारेको हुन्छ । हाम्रो हिन्दू ग्रन्थका अनुसार महिलालाई भगवानको (देवी काली लक्ष्मी दुर्गा सरस्वती आदी) दर्जा दिन्छन ममताकी खानि मानिने नारी माथि सोषण्ँ अन्याय अत्याचार हिंसा बलत्कार बोक्सीको आरोप जस्ता अमानवीय व्यबहारहरु बारम्बार भैरहने कारण्ँ अकालमा ज्यान गुमाउनु परेको हुन्छ भने नारीका गुण्ँगान गाइने कथाहरुले हाम्रा धार्मिक ग्रन्थहरु, दन्त्यकथाहरु र यथार्थगाथाहरु भरिएका बालिंदै गएका छन् । ईतिहासका पानाहरु एकातिर विदुसी बिरङाना प्रतिमूर्ति भनेर नारीहरुको चित्रण्ँ गरिएको छ भने अर्कोतिर तिनै नारीहरुप्रतिका सोच्नै नसकिने जघन्य अपराधका परिच्छेदहरुले त्यही ईतिहास पोत्ने कोसिश गरिएको पाइन्छ | हामी महिलाहरु युगौंदेखि पुरुषवादी समाजको थिचोमिचोमा परेका छौ अधिकार बिहिन भएर छटपटाइरहेका छौ बिभिन्न खाले हिंसा र उत्पीडितमा परेका छौ हामी किन उत्पीडनमा परेका छौ ? भन्ने कुरा महिलाहरुलाई बुझाउनु जरुरी छ ! यो पुजीवादी सस्कारले महिलालाई नंग्याउने सिंगारिक पहिरनले सजाएर एउटा कठपुतली बनाउने काम गरेको छ | दुनियामा सबै भन्दा बढी माया र विश्वास गरेका आफुलाई सुरक्षा भएको महसुस गरिएका व्यक्ति वाट झन् धेरै जघन्य अपराध भोग्न बिवस छन् नारीहरु । पुरुषवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक एक मनोरन्जनको साधन बच्चा जन्माउने मेसिन र दासीको रुपमा प्रयोग गर्दै आइरहेको छ आफ्ना कमजोरी वाट भाग्न पुरुष जाति या समाजले कहिले बोक्सीको आरोपमा, कहिले दाईजो कमी ल्याएको आरोपमा, कहिले अलि जोडले हा“सेबोलेको आरोपमा, कहिले छोरा नजन्माएको आरोपमा महिलाहरुले शारिरीक, मानसिक, नैतिक सबै प्रकारका अमानवीय व्यवहार भोग्न वाध्य बनाएका छन् । यस्ता पीडा र अवस्थाबाट उन्मुक्ति पाउन महिलाहरुले अझै आन्दोलन सशक्त पार्नुपर्ने खा“चो छ ।अर्काको कमजोरीको शिकार बनी युगौं बिताएका महिलाहरुले आत्मसम्मान र आत्मविश्वासको सबैभन्दा बलियो हतियार तथा आफूजस्तै अर्को महिलाको साथ पाउन सक्यो भने गर्न नसकिने केहि छैन सामन्तीवाद संरचना भित्र चरम अन्याय र अत्याचारको थिचोमिचोले पिल्सिएका ति हजारौ लाखौं शोषितपीडित मुक्तिगामी महिलाहरु एक जुट हुनु जरुरी छ अधिकार मागेर पाइदैन खोसेर लिनुपर्छ आफ्नो हक अधिकार पाउनको लागि सबै नारी एक हांै । साहस र आत्मबल जुटाएर महिला माथि भैरहेका जघन्य अपराध खास गरेर यौन शोषण्ँ र बलत्कार जस्ता घिनौना विकृतीलाई रोक्न आवाज उठायौं । अन्तराष्ट्रीय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरुप्रति हार्दिक सम्मानका साथ यहि नै मेरो शुभकामना छ !!!

-कल्पना पौडेल “जिज्ञासु” 
गैडाकोट-४,नवलपरासी 
हाल: इजरायल
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger