मुक्तक १
नुन चामल किनी लान्छन म प्रदेशमा भए
साझ बिहान टन्न खान्छन म प्रदेशमा भए
रगत संग पैसा साटी खर्च पठाउदा मैले
केहि दिनलाई खुशी मान्छन म प्रदेशमा भए
मुक्तक २
मेरो लागि हिरा फोर्ने भेटेकी छु आज यहाँ
भाबी र बर्तमान कोर्ने भेटेकी छु आज यहाँ
आज सम्म कोहि कसैलाइ नदिएर राखेको
यही रेखाको मन चोर्ने भेटेकी छु आज यहाँ
मुक्तक ३
शिरै छेदन गरी लैजा मुटु रेट्नु भन्दा
एकमुठी सास हरि लैजा उसलाई भेट्नु भन्दा
धब्बा लाग्दा चरित्रमा जिउने मन छैन कत्ति
खेलै खतम पारिदिन्छु आसु समेट्नु भन्दा
मुक्तक ४
मनमा उनि तनमा उनि आखाको नानीमा उनि
मैले खाने भोजन संगै प्यासको पानीमा उनि
मायाको श्री गणेश उनैबाट इतिश्री पनि उन्मै हुन्छ
रेखाका जिन्दगीका हरेक कहानीमा उनि
मुक्तक ५
सपना देख्नलाई निदाउनु पर्छ
भाबना लेख्नलाई मिलाउनु पर्छ
मुखले भनेर केहि हुदैन यहा
विश्वास सबैलाई दिलाउनु पर्छ
मुक्तक ६
कहिले भन्छौ यता मलाई हामी एक भै बसम रेखा
सातै जुनी एक अर्कामा पिरतीले ड्सम रेखा
राम्री भन्छौ काली भन्छौ डल्ली भनी बोलाउछौ
भनिरह्यौ प्राण मेरो विश्वास गर कसम रेखा
रेखा पन्त
गोर्खा हाल इजरायल
केहि नेपाली मुक्तक हरफहरु [ सर्जक : रेखा पन्त / गोर्खा ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- सुजन क्षितिज याङ्मा राई का ५ मुक्तकहरु
- निस्चल अाँसु घायलका ५ मुक्तकहरु
- सागर क्षितिज राईका ५ मुक्तकहरु
- मुक्तक : छाक टार्नलाई मानो कहिल्यै देखिन ! ( सुरज पराजुली )
- नेपाली मुक्तक : जिवन मा तिम्रो कमी सधै भयो सानु
- मुक्तक : एक दिन मात्र किन सम्मान गर्छौ नारीको ? [नानू मगर ]
- केहि रोचक मुक्तकहरु [ कृष्ण प्रताप महत ]
- नेपाली मुक्तक : आँखा हैनन् आँखाका ,नानी बनाउदैछु [ नवीन संघर्ष ]
- प्रकाश पाठक योगीका केहि मुक्तकहरु
- सुसन राई (रोदुङ्ग आम्बोटेली ) का ११ मुक्तक

Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment