Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » चुकुप्रकाश १५ औं मुक्तक दोहोरीमा सुजन क्षितिज राइ र एच.के.धिताल बिचको मुक्तक दोहोरी

चुकुप्रकाश १५ औं मुक्तक दोहोरीमा सुजन क्षितिज राइ र एच.के.धिताल बिचको मुक्तक दोहोरी

दोहोरी झलक __________

चुकुप्रकाश १५ औं मुक्तक दोहोरी
बिषय : नयाँ बर्ष [ 2072  बिशेष ]


Hk Dhital
के पायौ बिगत सालमा बिति गयो त्यसै
आसै आसमा बसे जनता रिति गयो त्यसै
न देशमा शान्ती रह्यो नत बन्यो संविधान
देशको मुहार के बदलिन्थ्यो निति गयो त्यसै

एच.के.धिताल
झोर महाङ्गकाल काठमाडौ
----------------------------



सुजन क्षितीज राई

नयाँ बर्ष सगै देशमा खुशीयाली छाउनेछ हजुर।
भोकै प्यसै जनताले पेटभरी खान पाउनेछ हजुर।
बिगतलाई भुली नयाँ साल लाई भित्र्याउँ हामीले।
आज भोलि एकदिन पक्कै शान्ती आउनेछ हजुर।

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
------------------------------------
Hk Dhital

नया बर्ष को सङ्घारमा वालमा त्यही भएर आको
मन भित्रको चोट सबै त्यसैले साथी यहाँ बिसाको
जम्नु पर्छ १५ औ दोहोरीमा साहित्यको बिकासमा
खेलिरहेछु मुक्तक दोहोरी भात त्यहि भएर नखाको
एच.के.धिताल
झोर महाङ्गकाल काठमाडौ
---------------------------------------
सुजन क्षितीज राई

नयाँ बर्षको शुभकामना लिएर आउनु भयो |
अमुल्य समय निकाली यहाँसम्म धाउनु भयो |
मिठा अनि चुस्किला मुक्तकहरु लेखेर नै यहाँ
१५ औं मुक्तक दोहोरिमा खुशी छाउनु भयो |

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
---------------------------------------
Hk Dhital

सबै युवा बिदेशमा के रमाईलो छ र खै ?
आउछ जान्छ नयाँ बर्ष के रमाईलो छ र खै?
यो देशको चाला यस्तै सुध्रने कहिले पो हो
के गर्नु र नयाँ काम के रमाईलो छ र खै ?
एच.के.धिताल
झोर महाङ्गकाल काठमाडौ
---------------------------------------
सुजन क्षितीज राई

लिएर आउदैछ है देशमा शान्ती नयाँ बर्षले।
आउछ देशमा शान्ती सबै फर्कने छ हर्षले।
छैन रोजगार आफ्नै देशमा पस्नु पर्छ खाडी
परदेशमै एकमुठी सास सकिन्छकी संघर्षले।

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
---------------------------------------
Hk Dhital

फुलहरुको सुबास छाई आउनु नयाँ बर्ष
नेपाली यो गीत गाई आउनु नयाँ बर्ष
बन्द गर देशको यो अशान्ती नै सबै
नेपाली संग मितलाई आउनु नयाँ बर्ष
एच.के.धिताल
झोर महाङकाल काठमाडौ

---------------------------------------
सुजन क्षितीज राई
फुल झै नयाँ बर्षले सुबास छरेर आउनेछ।
हत्या हिंसालाई अब केही गरेर आउनेछ।
हुदैछ दिन दिनै बन्द हड्ताल नारा जुलुश।
नयाँ बर्षले खुशिहरु अञ्जुली भरेर आउनेछ।

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
---------------------------------------
Hk Dhital

यो सालमा मोडनु पर्छ उनको चाला हजुर
सबै मिलि काटनु पर्छ उनको छाला हजुर
सबै युवा परदेशमा छैन चलपल देशमा
फर्की आउ फोड्नु पर्छ उनको ताला हजुर
एच.के.धिताल
झोर महाङ्गकाल काठमान्डौ
---------------------------------------
सुजन क्षितीज राई

नयाँ बर्षले शक्ति दिए मोड्नु पर्छ।
अत्याचारको जन्जिर तोड्नु पर्छ।
हुदैछ देशमा हत्या हिंसा बारम्बार।
भष्टचारिलाई जरैबाट गोड्नु पर्छ।

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया
---------------------------------------
Hk Dhital
त्यही आशामा बसेको धेरै बर्ष बिति गए
आनन्दको चयन नपाई निन्द्रा रित्ती गए
आउछ भनी प्रतीक्षामा कति बस्नु हामी
ति नेताका भाषण अनि अधुरा निति गए
एच.के.धिताल
झोर महाङकाल काठमाडौ
---------------------------------------
सुजन क्षितीज राई

यहाँ नेपालीको सारा आसहरु मर्दैछ।
धनी रमाएकोछ गरिबको आँसु झर्दैछ।
नयाँ सालको केही आस छ गुम्सिएको।
माथी बस्नेहरु नै त्यो भष्टचार गर्दैछ।

सुजन क्षितिज राई
ईलाम हाल मलेसिया



सुजन क्षितीज राई र Hk Dhital ले १५ औं Chukuprakash Muktak Dohori मा राख्नु भएको मुक्तक दोहोरी !!


[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १५  औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |

 
प्रतिक्रिया  दिन  नभुल्नु होला !


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger