Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » माता तिर्थ औशी २०७२ को अवसरमा केहि साहित्यकारहरु द्वारा रचित आमा बिशेष मुक्तकहरफहरु

माता तिर्थ औशी २०७२ को अवसरमा केहि साहित्यकारहरु द्वारा रचित आमा बिशेष मुक्तकहरफहरु


Chukuprakash Muktak Dohori को वाल [ Timeline ] मा 
April 18 at 11:10am · मा गरिएको आग्रह अनुसार पोस्ट भएका केहि मुक्तकहरु जस्ताको तस्तै 

[ माता तिर्थ औशी २०७२ को हार्दिक मंगलमय शुभकामना !! ]


कोखिमा छोरो पिठ्युमा भारी बोकेर हिड्दछिन्
हजार चोट हजार कष्ट रोकेर हिड्दछिन्
आमाको मायाँ अपरम्पार छ मानव जगत् मा
सहेर दुख बाहिर खुसि पोखेर हिड्दछिन् ।


मनोज मनसुन

हाल कुवैत



सन्तानका खातिर
मनमा दुख लुकाएर ओठमा हासो भर्छौ आमा
सन्तानको सधैभरि हेर बिचार गर्छौ आमा,
सन्तानको लागि भनी आफै दुख पिडा सहि
मैनबत्ती झैं पग्लीएर निस्वार्थ उज्यालो छर्छौ आमा ।।
-'स्वप्निल'





छिमेकी दाइ
जन्माएर मलाई तिम्ले ठुलो ऋण बोकाई दियौ
संसार के हो भनि चिन्न कखगघ सिकाइ दियौ
कसो गरि तिरौ आमा दश धारा दुधको भारा
धन्य धन्य मेरी आमा धर्ति लोकमा झिकाई दियौ



बि कार्की
उधारो शब्द को पोको ले कति पुकारौं
ति तिम्रो गुण को कति जुनी कुर्नु पर्ने छ
खाली शब्द ले तिम्रो गुण तिरि दैन आमा
दस धारा अमृत को शब्द ले मात्रै पुग्दैन
आमा प्रती समर्पित,,,,,,,,,,,,
मेरो जीवन नै समर्पण मेरि आमालाई ।
हरेक पल अनि हरेक क्षण मेरि आमालाई।।
जीवनको लक्ष छ एक दुधको ऋण तिर्ने,
यो रगतको प्रत्येक कण कण मेरि आमालाई।।।
माधव घिमिरे नुवाकोट


बसन्त ऋतु

सबै गए आमा खुवाउन भनी फेस्बुकको वाल बाट
सदा झै हेर्दै छु उनको तस्बिर म दिलको प्वाल बाट ।।
सात बर्ष भयो परदेशी भा'को न्याउलीयो गाउँ घर,
फर्केन छोरो आश मर्यो होला आमाको ख्याल बाट ।।
बसन्त ऋतु (राजेन्द्र अर्याल )
मेलम्ची सिन्धुपाल्चोक
हाल:-अरबमा
मेरि आमा हजुरलाई रुन दिन्न अब
ती आँखामा आँसु थोपा हुन दिन्न अब,
दश नंग्रा खियाएर पाल्छु हजुरलाई
दुनियाका जुठाँ भाडाँ धुन दिन्न अब,
मुक्तिनाथ घिमिरे दिपक
पथरिया ,झापा,
हाल ,मलेशिया,
आज आमा को गुणगान गाउछन सबै,
यहाँ आमा को माया का पाउछन सबै,
भाग्य हुनेले गर्दैनन स्यार आमा को
अभागी जती आमा खोज्दै धाउछन सबै,


लेखक- संजय को सिर्जना

चितवन पर्सा खैरहनी न.पा.८
हाल-यु.ए.ई.अबुधाबी



जीवन भरको मिठो प्यार मेरि आमाको//
कसरि पोखौँ म आभार मेरि आमाको //
सधै पढ्छु पाठ जीन्दगी जीउनेको बारे;
प्रत्येक कुरा गर्छु स्वीकार मेरि आमाको//
आँधि घिमिरे तुफान
पटौटी अर्घाखॉची
हाल दाङ तुलसीपुर


ममता की खानी हुनुहुन्छ आमा।

सर्वश्रेष्ठ हो ज्ञानि हुनुहुन्छ आमा।।
आफ्ना सारा खुशी लुटाएर त ।
सँसार मै दानी हुनुहुन्छ आमा ।।


दुखी मुस्कान कर्ण




प्रकाश बुढाथोकी जलन
म हिडेको बाटो हेरि मेरि आमा रून्छिन अरे।
रूदा रूदा कहिले काहित बेहोसिनै हुन्छिन अरे।
इष्टमित्र छरछिमेकले सोधे भनी मेरो बारेमा।
भक्कानिदै दैला माथिको तस्बिर छुन्छिन अरे।



प्रकाश मगर बियोगी
आज आमाको मुख हेर्ने दिन खाडिमा फसेको छु।।
आमाको मुहार हेर्न नपाई सम्झिदै रुँदै बसेको छु।।
कस्तो भाग्य दियौं भगवान तिमीले आज मलाई।
आमाको तस्बिर हातमा लिएर काममा पसेको छु।।


प्रकाश मगर बियोगी

सौडियार १ दाङ
हाल न्यू दिल्ली



परदेशिए बाध्याताले घरको संघार टेक्न पाइन ।
औशी रैछ आज आमा तिम्रो मुख देख्न पाइन ।।
सम्झिदा नि आशु मेरो अबिरल बगिरह्यो ।
कत्ती याद आइराछ तर पनि भेट्न पाइन ।।


मकवानपुर हाडिखोला

हाल:जोफार आराभा इजरायल
आधा पेट खाएर भए पनि खुवायौ मलाइ ।
को खाइ को खाइ भनी भनी खुवायौ मलाई ।
म कसरी तिर्न सक्छु र खै बदलामा,
दश धारा दुध तिम्ले आमा बनी खुवायौ मलाई ।


बिदुर भण्डारी 'प्रेमी'

दोलखा नेपाल
bidurbha@gmail.com



न परिधि न त हुन्छ प्यारको सीमा आमाको।
जति बर्णन गरेपनि सकिदैन महीमा आमाको।
चाहे आफ्नो सारा संसार नै किन नदिईयोस,
तर सकिन्न मोल चुकाउन जिन्दगीमा आमाको।


प्रकाश खनाल,

केरुङ्गा अर्घाखाँची।
शँकल्प दीक्षित
फूल अनि धुन बिना सजिने मेरी आमा||
मसी अनि शब्द बेगर रचिने मेरी आमा||
भनु भने धेरै छुट्लान् स्रिफ् यत्ति भन्छु|
संसारका सारा खुशी दिने मेरी आमा||
जीवी गजल
के को डर मलाई मेरो सिरमा छिन् आमा।
अनि मेरै जिन्दगीको तक्दिरमा छिन् आमा।
फूल लिएर देउता खोज्दै हिड्नु छैन मलाई ,
आफ्नै हृदयभित्रको मन्दिरमा छिन् आमा।



आभारी छु सृस्टिकर्ता धन्य आमा तिमी
सन्तानको लागी जे पनि बन्ने आमा तिमी
आखाँ भरि आँशु सधैं लुकाएरै भए पनि
सन्तान सगँ जैले पनि ठिक छु भन्ने आमा तिमी
भुवन सापकोटा
पोखरा
प्रतिक संग्रामी 


गर्दिन म कसैलाई सम्मान आमा जत्ति

छैन कोहि दुनियामा महान आमा जत्ति
चुकाउन सकिदैन गुण आमा तिमिलाई
माया गर्ने भेटिन कोहि सन्तान आमा जति
दशधारा दुधको थुन हजुरको !
आमा कसरि तिर्नु गुन हजुरको !
तिम्रो महिमा अपरम्पार छ आमा !
मेरो नशा नशामा खुन हजुरको !


लोकेश लामा

हेटौडा,बस्तिपुर
हालःअबुधाबि
आमा हौ तिमी संसारको सृष्टि दुनियाँ रचाउने।
छ शक्ति आमा तिमीमा मात्रै संसार बचाउने।
बयान नै गर्न को सक्छ यहाँ आमाको ममता।
धन्य हो तिमी हे मेरी आमा सन्तान हँसाउने।


हरिप्रसाद अर्याल "निरन्तर"

हाँडीखोला - ६,मकवानपुर
हाल :परदेशी भूमि बाट।
कस्तो हुन्छ आमाको माया,,,,जान्न पाइँन।
आमाको त्यो काखमा यो शिर, राख्न पाइँन।
धेरै सुनें गुणगान आज,ममतामयी माताको याँ,
अभागी मैले यो चाड कहिल्यै,,,मान्न पाइँन।


बेहोशी कृष्ण कार्की

इटहरी सुनसरी हाल मलेसिया



उज्ज्वल ढकाल


बेहोशीको जस्तो हालत मेरो पनि भाछ

त्यो काखको न्यानो माया सपना सरी भाछ
जस्ले जान्यो उस्ले लेख्यो आमाको त्यो काख
मलाई चै सामान्य झै आजको दिन लाछ....



आमाको गालीमा धेरै माया मिसिएको हुन्छ
सन्तानको पीडामा नि आँखा चिसिएको हुन्छ
जीन्दगिको गोरेटोमा ठेस लाग्न खोजे पनि
उठाउनलाई आमाको हात फिजिएको हुन्छ


भगवती लामा

नुवाकोट रातमाटे
मेरा रक्षार्थ बन्नुहुन्थ्यो फलाम मेरी आमा
मेरा हरेक घाऊ चोटमा मलाम मेरी आमा
आफु मरिमरी मलाई बचाऊनु भयो
आभारी छु हजुर प्रति सलाम मेरी आमा


भुवन सापकोटा "हावा"

पोखरा कास्की
मुक्तक
आमा छोरा पवित्र यहाँ नाता हाम्रो
हजुर नै हुनु हुन्छ जन्म दाता हाम्रो
पुज्नत पुज्छौ धेरै देवता हरु यहाँ
खासगरी ठुलो भगवान माता हाम्रो


गोबिन्द के.सी."रिजाल"

राखु पिप्ले ९ मौवाफाँट - म्याग्दी
हाल - बहराईन


स्रोत : चुकुप्रकाश मुक्तक दोहोरी को वालमा माता तिर्थ औशीको को दिन पोस्ट भएका केहि मुक्तकहरु 







Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger