Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली कविता : बत्ती धिप धिप बलिरहेछ [ सर्जक : छवि श्रेष्ठ ]

नेपाली कविता : बत्ती धिप धिप बलिरहेछ [ सर्जक : छवि श्रेष्ठ ]

कविता
"बत्ती धिप धिप बलिरहेछ"

त्यो अस्तब्यस्त सडकको
साँगुरो गल्लिभित्र
एकतल्ले घरको त्यो कुनाको कोठामा
प्रेम र जिवनदेखी एक्लिएको मान्छे
लथालिङ्ग मनस्थिति
जसोतसो सम्हालेर
बिचित्र सन्सारको पुर्नस्मरण गर्दै
टिलपिल आशु
गहभरी लिएर
असङ्ख्य पिडा मनभरी लिएर
त्यो कुनामा त्यसै ढलिरहेछ
बत्ती धिप धिप बलिरहेछ।।
आज उ अतित सम्झेर
बेलाबेलामा उ अनायासै
खसाल्छ ढिक्का ढिक्का आशु
फेरि सम्हाल्छ आफुलाइ
घरी घरी

डुलाउँछ नजर तिनै कोठाका भित्तातिर
त्यो कुनामा एउटा उस्को बुढो दराज
त्यसकै छेउमा,
त्यो पुरानो र्याक
जस्मा कैद छन उस्ले
जिबनभर घोकेका ठेलिहरु
बिचभागमा
एउटा सानो स्टडी टेबल
सङ्गै जोडिएको त्यो जिर्ण कुर्सी
अर्को कुनामा उस्को बाजेको पालादेखिको कुँजो खाट
जस्को भित्तामा अडेस लागेर उ बसेको छ भुइँमा थ्याच्च
अनि त्यो भित्तामा टासिँएको भित्ते घडी
टिक टिक आवाज निकाल्दै
एकै रफ्तारमा चलिरहेछ
बत्ती धिप धिप बलिरहेछ।।
बाहिर निस्पट्ट अध्याँरोछ
सडकमा हुइँकिएका
ति गाडिहरुको आवाज भन्दा दोश्रो कुनै ध्वनी छैन
आकाशमा तारा चम्केका छन
तर उस्को मन अध्यारो छ
सडकमा गाडि हुँइकिएका छन
तर उस्को मन स्थिर छ
कोहि उन्मुक्त हाँसो हाँसेका छन
तर उ त्यसै रोहेको छ
त्यो कुनाको बुढो
दराज पनि शानले ठडिएको छ
तर उ भुँईमा पछारिएको छ
बाहिर मौसम खुलिरहँदा
उस्को मन भने जलिरहेछ
बत्ती धिप धिप बलिरहेछ।।
बर्षौ पछि,
त्यो कुनामा फ्याकिएको उस्को जवानिको प्रेमप्रत्र
धमिराले खाइसकेर मेटिनै आँटेका अक्षर
बुढो चस्मा लगाएर
सकिनसकी पढ्यो
भक्कानियो एक्छिन
फेरि आफै सम्हालियो
कलकलाउदो बैश छ्दाको उस्को इतिहास
र बर्तमान अबस्था तुलनिय पाएन उस्ले
न पायो कुनै हर्ष
न त कुनै उमङ्गनै
केबल शुन्यता भित्रको शुन्यता मात्र
त्यो खाटो बसिसकेको घाउ बल्झाउने त्यो पत्र पनि
अर्थहिन ठान्यो उस्ले र
पुन मिल्कायो त्यही कुनामा
तेल सकिएको रित्तो दियो चुसेर
जसोतसो बल्दै गरेको धिपधिपे बत्ती र
उस्को जिवन एकै लाग्यो उसलाई
सम्झ्यो,
जिन्दगिले उस्लाइ छलिरहेछ
बत्ती धिप धिप बलिरहेछ।।

छवि श्रेष्ठ
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger