
गजल
तिम्रो मन र मेरो मन उस्तै नहोला।
ब्यबहार बोली बचन उस्तै नहोला।
तिमी महलको संतान म हूँ झुपडिको।
त्यसैले हाम्रो वालापन उस्तै नहोला।
आमाको काखमा सुतेर कहिलै सोचिन।
सधै भरी मेरो वजन उस्तै नहोला।
पक्कै ग्रीष्म पछि बर्षाद आउछ होला
त्यसपछि त मन जलन उस्तै नहोला।
हिजो खुट्टा छोप्नेले आज पिडुला देखाए।
झन भोलिको रहनसहन उस्तै नहोला।
महेन्द्र मिश्र जुडास
पाँचथर नेपाल
हाल मलेशिया
No comments:
Post a Comment