छवि श्रेष्ठ
(चलाल-१, पार्थली काभ्रे )
|
सन्तुष्टिको रास छ प्रिया।।
खायो सुत्यो निस्फिक्री भै
आहा! समय खास छ प्रिया ।।
यो बिपतमा छैन म एक्लो
दुनियाँको मास छ प्रिया।।
को चाहियो र? साक्षी भन
सङ्गै धर्ती आकाश छ प्रिया ।।
नत जिउदो नत मर्द
नत छवि, लास छ प्रिया ।।
=============================
बिच्छ्यौनामा ढलेको छु, बिमार भा'को छु।
तिम्रै यादमा गलेको छु, बिमार भा'को छु।।
हेर्छु अनि टोलाउछु, आफ्नो जन्मभुमी।
त्यही पिरले जलेको छु, बिमार भा'को छु।।
गाँस्बास् बन्न सकिन म, यस्तो बिपत्तिमा।
बोझबनी फलेको छु, बिमार भा'को छु।।
युगौ पछि परेपछी, सहुँ कसरी हँ?
आफ्नो भाग्य छलेको छु, बिमार भा'को छु।।
माफ गर ल? छवि तिम्रो, उद्दार बनेन।
आफै सुस्त चलेको छु, बिमार भा'को छु।।
=============================
लगातारको भुकम्पले तिम्रो न'भै मरेँ भने।
के गर्छेउ हँ? भन सानु, अलपत्र परेँ भने।।
आधा आधा तिम्रोमेरो आकाश थियो र छ पनि।
तर धर्ती भासिएर पाताल तिरै सरेँ भने।।
भन त साथ दिन्छेउ कि नाइ? गरिबिले पिल्सिएर
दुनियाँको नजरबाट, अझै तल झरेँ भने।।
तिमि त मन फेर्छेउ होला, अर्को लायक भेट्टाउदा
गिज्याउनु ल? मेरा नयन चै आशुले भरेँ भने।।
बुझेकै छेउ छविको मन, हालत पनि देखिहाल्यौ
के हुन्छ नि प्रतिक्रिया? लैजाने सुर गरेँ भने।।
=============================
छवि श्रेष्ठ
(चलाल-१, पार्थली काभ्रे )
No comments:
Post a Comment