Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » इज्राएलमा बस्ने नेपाली दिदीबहिनीहरुको मुक्तकिला मनहरुको सङ्गालो

इज्राएलमा बस्ने नेपाली दिदीबहिनीहरुको मुक्तकिला मनहरुको सङ्गालो

प्रत्येक बिहिवार  इस्राइलमा कार्यरत महिला दिदिबहिनीहरुले समय निकालेर आफ्नो भावना लाई साहित्यको मुक्तक बिधामा समाहित गराउने जमर्कोले *मुकतकिला मनहरुको  सङ्गालो * नाम जुराउनु भएको छ ।
यसै समूहकि भवानी अधिकारी नेपाल भन्नू हुन्छ - वास्तवमै  साहित्यमा रुचि भएका र  आफ्नो  मन भित्रका भावना लाई  प्रस्फुटन गराउदै मुक्तकको  भकारीमा थप्ने भर्ने प्रयास हो , मुक्ततकिला मनहरुको सङ्गालो ।

हेरौं  यो पटक जम्मा पारिएका मुक्तकहरु !

१-
मुक्तकको नातो कोसेली फुकाउनु है प्रिय 
जे जे छन् पिर ब्यथा सुकाउनु है प्रिय 
मुक्तकिला मन हाम्रो मेहफिल बनेको छ 
पोखौ भावना खुलेर न लुकाउनु है प्रिय 
🌹**भबानी अधिकारी नेपाल**🌹
२-
सिक्नुपर्छ जिन्दगीले सिकाउँछ धेरै कुरा  
बिवेकशिल र धैर्यताले टिकाउँछ धेरै कुरा 
बुढापाका भन्ने गर्छन् सोचिसम्झी अघि बढ्नु 
चिल्ला मिठा बोलिले नै बिकाउँछ धेरै कुरा ||
🌹**Sabitra Luitel Ghimire  **🌹

३-
अनेकौ ति बहानाले मुटु लुट्ने धेरै हुन्छन 
सोझालाई फसाउन जाल खुटने धेरै हुन्छन 
कोमल मनका नारि तिमि हुनुपर्छ होसियार 
भोलि तिम्रै विरोधमा यहा जुट्ने 
धेरै हुन्छन !!

🌹**कल्पना पौडेल 'जिज्ञासु'**🌹
४-
कुनै दिन आफै दुखेर आउँछ
भै रहेको मन पनि टुटेर आउँछ
यी सबै कुरा आश्चर्य चकित छन्,
देखेकै हो खुसी पनि लुकेर आउँछ  
🌹**अम्बिका याम्फु**🌹
५- 
जिन्दगीको संगर्षमा चार पाउ  टेकी 
गन्तव्यमा पुग्ने ठुलो सपना  देखि हिड्दा हिड्दै थाकिसके आसा मर्दै गए 
तर पनि बाचेकैछु दुख पिडालाई छेकी
🌹**Sumitra Sapkota Rijal**🌹

६- 
हरिद्वार गएर गङ्ङा स्नान गरेपछि
पखालिन्छ  पाप पुगिन्छ रे स्वर्ग मरेपछि 
लाग्दैन मलाई त्यसमा बिश्वास कत्ति पनि 
हो पुन्य मिल्छ दीनदुखिको दुख हरेपछि 
🌹**Tulasa Tulsa**🌹

हारमानेर वैलिएन तारेभिरको  सुनखरी 
फुलाइ राख्यो सम्भाबना आफ्नै वरिपरि 
लाग्दैथियो गाँउको त्यो बुढो ओडार भत्कियो कि ?
तर उस्ले भन्दै रैछ जिबित छु म सधैभरि
🌹**नाना रोदुङ्**🌹
८-
देशमा शान्ति अनि अमनचैन खोई कहिले आउछ होला?
देशका नेताजति सल्लाह लिन किन दिल्ली धाउछ होला?
बीपीले भन्थे रे देशको माटो हातमा लिएर निर्णय लिनुपर्छ 
बुद्दी भ्रस्ट भएकै हो त् किन नेताले पराइको गीत गाउछ होला ?
🌹**निलम भुसाल**🌹

९- 
सानोमा भुलमा कसैको ह्रदय गलाउन नखोज्नु 
अरुको उन्नतिमा आफ्नोमन जलाउन नखोज्नु 
उनको श्रदा बिश्वाशमा तिमी माथि हुन सक्छौ 
तर आफ्नै सम्झि अधिकार जमाउन नखोज्नु !!
🌹**Radha Bhattarai**🌹
१०-
नसोधी आफै मनोमानी गर्छ तक्दिर के गर्नु 
न बोल्छ न बोलाउँछ तिम्रो तस्बिर के गर्नु 
मन साट्नु त मन सँग यादहरूको  लागी 
दूई दिनको पाहूना जस्तै यो शरीर के गर्नु
🌹**मुना सिग्देल**🌹
११-
तिमी बिना रोकिन्छ यो सास जीन्दगीको !
सक्दीन म एक्लै चुम्न आकाश जीन्दगीको
सारा संसार मायामा नै भुले पनि आखीर
लाग्नै छाड्यो मलाई अचेल विश्वास जीन्दगीको !!
🌹**Bimala Sharma Dhungana**🌹
१२- 
मिठो रसिलो चट्ट बनाउने कला देख्छु यहा
हेर्दा मुक्तक देखिन्छ तर बदला देख्छु यहा 
मार्मिक सब्द सृजनाले बनेको मुक्तक बिचमा 
मेरो रचना कता कता फितला देख्छु यहा 
🌹**रेखा पन्त**🌹
१३-
छिटो हो या ढिलो,जानै पर्छ एकदिन!! 
छरदै छरदै टिलो,जानै पर्छ एकदिन!!
हाँसी खुशी रमाउ,दुइदिन बाचुन्जेल!
कति गर्नु दुखजिलो,जानै पर्छ एकदिन
🌹**सीता अधिकारी तिमिल्सिना**🌹
१४-
मरी सके जीवनका बाच्ने रहर पनि...
दियौ भने त्यो हातले पिउछु जहर पनि...
भाग्य पनि फुट्यो मेरो कठै शिसा सरी ,,,
बेचैनी छ मन खुसि छैन एक प्रहर पनि..
🌹**nisa **🌹
१५-
जिन्दगीमा खुशी दिने दुखि को माला किनी दिन्छु 
भेट हुँदा तिम्रो पिडा   बिसाउने मुटु चोखो राकी दिन्छु 
भोली पर्सि मन फाटे पनि यस्तो पिडा राखी दिनु 
दुवै तिर धार भएको छुरा लिय पनि  माया मुटु राखी दिन्छु
🌹**Sabita Adhikari Ghimire**🌹
१६-
प्रेमको ऋणी छु हजुर मैले चुकाएको छैन
झुके छु म आफै हजुरलाई झुकाएको छैन
पाप होइन पुण्य हो माया हो म प्रेम गर्छु
गर्बले भन्छु यो समाज संग लुकाएको छैन !!
🌹**श्रेष्ठ बसु**🌹
१७-
लगाए छौ माया अन्तै हेरि 
बनाएर भबिस्य हाम्रो फेरी 
तिमीलाई कुरी कति पर्खी बसे 
रुनेछौ एकदिन यादआउँदा खेरि!!
🌹**Shanta Acharya Ghimire**🌹
१८-
मलाइ छोएर बहने बतास यो खवर पुर्याइदे 
तिम्रो पर्देसी आमालाइ सन्चै छ भनेर सुनाइदे 
बाटो हेरेर बसिरहेछिन् मेरी आँखा की रानी 
पल पल आशामा छु मिलनको घडी जुराइदे
🌹**लक्ष्मी अनुरागी**🌹
१९-
नेताहरुको नाङ्गो नाचले लोकतन्त्रको परिभाषा फेरिदैछ 
सुन्दै अचम्म ,  चोर डाका डन  संग सरकारको नाता जेलिदैछ !
सुबिधा र झमेलाले हो या डरले   बिरोधको स्वर दब्न थाले  अचेल 
निसाफको त के आशा गर्नु    लुच्छा लफंगा संग सरकारआफै घेरिदैछ !!
🌹**Lila Rijal**🌹
२०-
हिजो सँगै हिडेको मान्छे आज भेटिदैन 
हिजो सुन्दर फुलेको फूल आज देखिदैन ।
फेर्ने श्वासले धोका दिन्छ, फुलेको फूल झर्छ -
हत्केलाले सूर्यलाई छेकेर पनि छेकिदैन ।।
🌹**Bhagawati Basnet**🌹

२१-

जन्माउनेले नै निदान गर्ने परम्परा चलेकै छ ! 
लादेन सध्दाम सबै सबै ईतिहास ढलेकै छ !! 
बाच्दा हुन त लेखाउथे होला आत्मकथा यिनले पनि ! 
चरी घैटे जो जो आउछन चिताको आगो बलेकै छ !!
----बबिता -----

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger