गजल १
बन्द हड्ताल जता ततै जाम किन सरकार।।
लोकतन्त्रमा गोधुलीको घाम किन सरकार।।
गर्नु गर्यौ अपमान शहिदको बलिदान,
जो मर्दा नी शहिद कै नाम किन सरकार।।
रोजगार नहुनाले कति यहाँ बिदेसिँए,
बाँधिएर आउँछन् फेरि खाम किन सरकार।।
शान्ति अनी बिकास त्यो कहाँ पुग्यो संम्बिधान,
आफ्नै स्वार्थ पूर्ती गर्ने काम किन सरकार।।
जुन जोगी आए पनी कानै चिर्या जस्तो भाछ,
भष्ट्रचारी नेताको नै लाम किन सरकार।।
.................
गजल २
अभाव र समस्या सँग पछी सर्ने छैन
केही गर्न जन्मे जलन त्यसै मर्ने छैन ।।
गिरोहले गीराउछनै साथी जस्तो मानी
न्यायको बगैचामा त्यो अन्याय छर्ने छैन ।।
परिश्रमको फलभरी आँखा लाइदिए ।न
पाखुरिले बाँच्छ खुट्टा तानेमा झर्ने छैन ।।
सुनै सुनको धरहरा पारी ढलेपनि यहाँ
आँखा छलि साँघुराखी सागर तर्ने छैन ।।
सधै भरी यस्तो साथ दिनू प्रिय तिमीले
चोखो मायाको विस्वास घात गर्ने छैन।।
..............
गजल ३
एउटा छुट्टै सँसार देउ भगवान॥
हर्षले बाँच्ने आधार देउ भगवान॥
बेसाहारा भएर रोडमा सुत्नेलाई ॥
सानो झुप्रो घरबार देउ भगवान॥
निसन्तान हुनेहरु रुँदैछन यहाँ॥
सुखी सानो परिवार देउ भगवान॥
यो पैसाको खेती गर्ने शोसक हरुको॥
स्वच्छ राम्रो बिचार देउ भगवान॥
जिवन्तू पशुको सम्णक्षेण गर्दिन॥
मलाई राम्रो सस्कार देउ भगवान॥
प्रेम खडका गुल्मी
पूर्कोट मलागिरी
No comments:
Post a Comment