Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » कम्प्युटर स्लो(ढिलो) भयो के गर्ने हो ?

कम्प्युटर स्लो(ढिलो) भयो के गर्ने हो ?



हरेक को समस्या भनेको नै यही छ कि मेरो कम्प्युटर ढिलो चल्यो स्लो भयो। के गरेर फास्ट गर्न मिल्छ ? मैले हरेकलाई भेट्दा आउने प्रश्न यही हुन्छ । हुनत मेरो धर्म पनि हुन्छ कि उनिहरुको कम्प्युटर छिटो चल्ने बनाउन सल्लाह दिनु तर उत्तर पनि उहाहरु बाट नै आउछ । “कि र्‍याम थप्नु पर्‍यो हो?” आज बिहान् बिहानै फोन आएको थियो यही समस्या को जबाफ खोज्दै । कम्प्युटर स्लो भयो बरु कती खर्च गर्नुपर्छ ?  काम नै गर्न पाईएन। के भएको हो? अब कम्प्युटर मा सबै भन्दा ठुलो र गर्हो प्रश्न नै यही लाग्छ मलाई । किन कि यसको शाही उत्तर शायद कोही होल जस्ले राम्रो सँग दिन सक्छ होला किन कि कस्तो लाइ फास्ट भन्ने र कस्तो लाई स्लो भन्ने? पहिलो कुर त कम्प्युटर मा र्‍याम थपेर छिटो चल्छ भन्ने कुर को खसै केही तुक छैन तर साधारण उत्तर भने चाँही हो। अब सोच्नुसन कम्प्युटर मा र्‍याम मात्र थपेर फास्ट हुने भय
Pentium I लाई Pentium IV किन बनाउनु पर्थ्यो र Intel(प्रोसेसर बनाउने कम्पनी) ले ? अनी तपाईं ले पनि किन नै पुरनो कम्प्युटर बेचेर नयाँ कम्प्युटर किन्न पर्‍यो र त्यसैमा र्‍याम थपे भई हाल्यो नि होइन र? तपाईं यो पढुन्जेल पनि यही सोच्नु भएको होल र्‍याम न थपी त कसरी कम्प्युटर फास्ट हुन्छ र । हो र्‍याम थप्नाले कम्प्युटर फास्ट हुँदै नहुने चाँही होइन तर त्यो थपेर फास्ट हुनको लागि तपाईंको कम्प्युटर स्लो हुनु मा र्‍याम कै करण ले स्लो भएको छ भने मात्र फास्ट हुन्छ नत्र भने तपाईंको १००० रूपैया भने पनि फस्छ। अब भन्नु होल त्यसो भय कसरी थाहापाउने नि र्‍याम थप्नु पर्ने छ कि छैन अथवा कम्प्युटर मा र्‍याम ले गर्द नै स्लो भएको हो कि होइन भनेरर? यसको लागि तपाईंले कम्प्युटर राम्रै चलाऊनु हुन्छ भने तपाईं को कम्प्युटर बाट त्यो पनि सजिलै जाँच्न मिल्छ । कसरी जाँच्ने त्यसको बारेमा केही बेर मा आउँला अहिले चाँही कम्प्युटर स्लो हुनु को कारण तिर नै जाउँ । पहिलो कुर तपाईंको कम्प्युटर स्लो छ कि फास्ट छ भन्नकोलगी तपाईंलाई यो थाहा हुनु पर्‍यो कि के गर्दा स्लो भई राखेको छ त्यसमा पनि कम्प्युटर किन्दा देखिकै स्लो हो कि पछी आएर स्लो भएको हो ? आनी त्यसमा ईन्टरनेट कतिको चलाऊनु हुन्छ अनी कुरा आउछ फेरी भाईरस को तपाईंको कम्प्युटर मा भाईरस होइन एन्टी भाईरस सफ्टवेर कस्तो हल्नुभएको छ १ मात्र छ कि अली तगडा बनाउन दुई तीन वटा हल्नु भएको छ ? किन कि धेरै मैले देख्ने गरेको छु दुई तीन वटा एन्टी भाईरस हालेर कम्प्युटर चलाऊने अनी सोध्यो भने एउटा ले राम्रो सँग काम नगर्ला भनेर दुइटा हलेको भन्छन् त्यस्ता एन्टी भाईरस सफ्टवेरहरु ले पनि कम्प्युटर स्लो गर्छ तर मैले यो भन्न चाँही भन्न खोजेको चाँही होइन कि एन्टी भाईरस सफ्टवेर नै न हाल्नुस भनेर। तर एउट हाल्नुस् र त्यसलाई समय समय मा अप्डेट गर्नु भय हुन्छ ।
त्यस्ता आन्य सफ्टवेर जुन तपाईंको कम्प्युटर खुल्ना साथ खुल्छ  तिनिहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर स्लो बनाउन मा । अब कम्प्युटरमा जोडीएको समान को कुर गरौ । कम्प्युटर स्लो हुनुमा धेरै त्यस्ता समान हुन्छन जस्ले कम्प्युटर स्लो गर्छ जसतैमा मदर बोर्ड, प्रोसेसर, हार्डडिस्क यहाँ सम्मा कि त्यस्लाई जोड्ने तार सम्मा। अझ गएर कम्प्युटर कूलिङ फ्यान (चिसो गर्ने पंखा) त्यो राम्रो सँग चली राखेको छैन भने पनि तपाईंको कम्प्युटर स्लो हुन्छ । अझ स्लो पर्नमा कती ठाउँ मा साथीहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर राम्रै चली राखेको हुन्छ अनी ल्याएर दिन्छन तपाईंलाई कम्प्युटर फास्ट गर्ने सफ्टवेर त्यस्ता सफ्टवेर कती त राम्रै हुन्छ तर धेरै जसोले चै तपाईंको कम्प्युटर छिटो होइन राम्रै सँग छिटो चलाई दिने हुन्छन । अब कुर गरौ न्यू रोड को जहाँ माईक्रोसफ्ट भन्दा पहिले विन्डोजको नयाँ नयाँ भर्सन निकल्ने ठाउँ जहाँ माईक्रोसफ्टले भर्खर मात्र सर्भिस प्यक( अपरेटिङ सिस्टमको अपडेट प्यक) ३ निकलेको छ न्यू रोड को सि.डि पाउने ठाउँ म अहिले जानु भयो भने सर्भिस प्यक -६ -७ पाउनु हुन्छ हो त्यस्तो प्रोग्राम ल्याएर हल्नु भयो भने पनि तपाईंको कम्प्युटर स्लो गर्ने औषधी हुन्छ । त्यस्तै गेमहरु ले पनि कम्प्युटर स्लो गर्न सक्छ अब यस्को मतलब यो होइन कि गेम नै नखेल्नु खेल्नुस तर राम्रो कम्पनी को गेम पनि त किन्न पाईन्छ नि । यसो गेम कम्प्युटर मा हल्नु भन्दा पहिले त्यस्ले के के डिभाइस कस्तो कस्तो हुनुपर्छ भनेर लेखेकोछ यसो त्योपनी त पढ्नुस ।
chukuprakash computer tips
अब गफ धेरै भयो अब र्‍याम कसरी जच्ने त्यता तिर जाउ। कम्प्युटर खोल्नुस र साधारणतय चलाऊने प्रोग्रामहरु चलाऊनुस अझ यस्तो प्रोग्राम चलाऊनुस जसलाइ चलाउदा तपाईंलाइ कम्प्युटर स्लो भय जस्तो लाग्छ । केही बेर चलाऊनुस अनी कम्प्युटर बन्द नागरिकन ………………………………..
स्टार्ट मेनु मा क्लिक गर्नुस् ।
रन मा क्लिक गर्नुस् त्यह एउट बक्स खुल्छ त्यहा गएर 
 Taskmgr.exe टाईप गर्नुस् आनी ओके म क्लिक गर्नुस्
विन्डोज टास्क म्यानेजर भन्ने बक्स खुल्छ।
त्याहा हेर्नु भयो भने पर्फर्मेन्स भन्ने बटन देख्नुहुन्छ त्याह क्लिक गर्नुहोस् ।
अब मैले रातो घेरा लगएको ठाउँ तिर हेर्नुस त
त्यसमा Physical Memroy(K) यो तपाईंको र्‍यामको क्षमता देखाएको हो ।
Total ——– 981164 Kilobyte लगभग १ GB
Available —— 462740 Kilobyte अझ प्रयोग हुन बाँकी
अब अरू छोडउ Commit Charge(K) मा हेर्नुहोस त्याँहा Peak कति दिएको छ त्यो र Total Physical Memory मा कुन बढि छ । यदि Commit Charge को Peak Value, Total Physical Memory भन्दा बढि छ भने र्‍याम थप्नु पर्ने बुझिन्छ तर Commit Charge को Peak Value कम छ भने तपाइको कम्प्युटरमा र्‍यामले गर्दा स्लो नभइ अन्य ले भन्ने बुझ्नुभय हुन्छ ।
अब अन्यसमस्याको समाधान लेख्दै गर्नेछु । यो लेख राम्रो लागे अथवा नलागेको कुरा बताउनुहुन्छ भन्ने अाशा छ।

के तापैलाई थाहा छ नयाँ ब्राउजरको बारेमा ?

Posted by कृष्ण on नवम्बर 4, 2008
google chromo
के तापैलाई थाहा छ अहिले हालै मात्र नयाँ ब्राउजर आएको छ। तापईले आफ्नो कंप्यूटर मा कुन ब्राउजरको प्रयोग गरिरहनु भएको छ? तपाइले प्रयोग गरिरहेको भन्दा धेरैनै फरक केही समय मात्र पाहिले गूगल ले नया ब्राउजर लिएर आएको छ। जून तापाइको लगी उपयोगी हुना सक्छ हुनत यो बेटा(पहिलो) Version हो Chrome यो हो मैले भनेको ब्राउजर को नाम यसको मतलब हुन्छ “एउटा साधारण डिजाईन र परिष्कृत तरिक बाट बनाइएको छिटो, सुरक्छित र सजिलो ब्राउजर हो।
अब मलाई त थाहा भएन यो कातिको छिटो सुरक्छित र सजिलो छ तर गजबको सॉफ्टवेर चाही बनाएको छ गूगल ले । यो बेटा version भइकन पनी उपयोगी छ भन्ने कुरा नकारनचाही सकिन्दैन । यसले पाहिले चलिरहेको ब्राउजरहरूलाइ फरक पारीहाल्ला भन्ना त सकिदैन तर यसो हेर्दा यसको भाबिष्य चाही राम्रो देखिन्छ।
google chromo
किना अर्को ब्राउजर त? भन्ने कुराको स्पष्टिकरण दिदै गूगल भन्छ Chrome खली साधारण वेबपेज खोलन को लगी मात्र बनाइएको सॉफ्टवेर होइन यो त अहिलेको परिबर्तित प्रबिधि बाट बनेको वेबपेजहरू जसमा निकैनै अाधुनिकता रहेको हुन्छ त्यस्तोहरूको लगी हो । आधुनिक ऍप्लिकेशन नया पर्बिधिको वेब प्रोग्राम हरुको लगी विशेष रहन्छ यो ब्राउजर।
कुरा सही हो यस्मा के देखिन्छ भने जती गूगल ले भन्छ त्यो भन्दा बढ़ी नै पाइन्छ । अझ टिप्पणीकारहरु त के भन्छन भने यो गूगलको एउटा यस्तो कदम हो जसले भाबिस्य मा वेब को लगी आफ्नै ऑपरेटिंग सिस्टम बनाउने योजनाको रूप हो । धेरै त के भन्छन भने यो काम गर्न सक्छ भने त्यों गूगल नै हो ।
google chromo
अब येसको टेक्नोलॉजी को कुरा गरौ । Chrome WebKit टेक्नोलॉजी मा आधारित छ । WebKit साधारण छिटो ओपन सोर्स फ्रेमवर्क हो browser को function को लागी । यो बिशेष गरेर Apple सफारी वेब ब्राउजर मा प्रयोग गरेको पाइन्छ । Chrome यस्तो प्रबिधिहो जसले साधारण तथा जटिल वेब पेज अन्य ब्राउजर भन्दा छिटो खोलन सक्छ ।
यसको बिशेषता को कुरा गरौ. येसले पनी साधारणतय अन्य ब्राउजर ले झै कार्य गर्छ र अन्यमा रहेकै option छ तर चलाउदा अवश्य फरक पाईन्छ । हेर्दा भिन्दै आकर्षक डिजाईन रहेको एस्मा मेनू बार छैना तर माथिल्लोदाहिनेकुनातिरा को बटन बाट चाहिने आप्शन खोलना सकिंछ । यसमा नयाँ अन्य झै नयाँ tab खोल्न सकिन्छ त्यसको लागि विण्डो मा रहेको जोड़ को चिह्नमा क्लिक गर्दा खोलना सकिन्छ धेरै जसो multimedia, java script support गर्ने यस ब्राउजर चलाउन रमाइलो छ । यसको अंन्य भन्दा छुटै बिशेषता भनेको चाही भर्खरै खोलेको वेबपेज हरु पहिलो स्क्रीन मा आएर बस्ने हुन्छ जसलाइ Speed Dialing प्रविधि भनिन्छ जसले गर्दा खोलन छिटो हुन्छ । भन्नु पर्दा यो चलाउनु भयो भने सयदै आरू ब्राउजर खोल्न मन लाग्ला तपाँइलाई।
google chromo
अब यसको सिक्यूरिटी को कुरा गरु यस्मा सिक्यूरिटीलाइ पहिलो प्राथमिकता दिएको देखिन्छ निर्माणकर्ताहरूले. यसमा रहेको incognito mode बाट खोल्न सकिन्छ जसमा तपाँइले खोल्नु भएको वेबपेजहरुको कुनै हिस्ट्री अथवा प्राय कंप्यूटर मा रहिराहने अंन्य फाइल कही रहदैन जब येस्लाई बन्द गर्नु हुन्छ सबै मेटिन्छ तर चिन्ता मन्नू पर्दैन तपाइले कुनै फाइल download गर्नु भएको छ भने त्यो चाही रहि रहन्छ । यो तपाइले फ्री मा पाउन सक्नुहुन्छ यसको लगी मैले तल केहि ठेगाना दिएको छु नभए गूगलमा खोज्नुभए पाइन्छ ।
Google Chrome
कम्प्युटरमा रहेको केहि नचाहिदो सोचहरू ।
 तपाइलाइ थाहाछ तपाइ राम्रोहुन्छ भनेर गरी रहनुभएको केहिकामले नराम्रो गरिरहेको हुन्छ कम्प्युटरलाइ जस्तैमा तपाइले कम्प्युटरमा लगाउने कपडाको खोल जुन कम्प्युटरमा धुलो पस्न सक्छ भनेर छोपीन्छ तर यसबाट कम्प्युटर अत्यधिक तातीने सम्भावना धेरै हुने हुन्छ जसले गर्दा तपाइको कम्प्युटर विग्रन सक्छ । यसको प्रमाणको लागि तपाइको मोनिटरको माथिल्लो भागलाइ हेर्नुहोस त त्यसमा प्वाल बनाइएको हुन्छ अव सोचनिए कुरा छैन यदि धुलो छिर्ने डर हुदा कम्पनीलेनै त्यस्तो प्वाल नभएको बनाउदैन थियो होला ।
> तपाइले चलाउने पेनड्राइभको कुरा गरौ । धेरै जसोले safely remove गरेना भने पेनड्राइभ विग्रन्छ भन्छन । तपाइलाइ एउटा प्रश्न के तपाइले प्रीन्टर कहिले safely remove गर्नु भएको छ त्यो पनि त USB device हो नी, हैन र ? safely remove नगर्दा बिग्रदै नबिग्रने चाहिहोइन तर पेनड्राइभ नभइ यसमा रहेको डाटा चाहि पक्कै हो यदि त्यसमा रहेको कुनै फाइल खोलि रहनुभएको छ अथवा कुनै प्रोग्रामद्वारा चलाइएको छ र safely remove गर्नु भएन भने उक्तफाइलमा समस्या अाउन सक्छ ।
> Disk Defragmentation यो भन्नाले कम्प्युटरको Hard disk मा रहेको फाइलको टुक्रा हरूलाइ एकैठाउँमा मिलाउने process हो । यसबाट कम्प्युटरको स्पीड बढ्छ भन्छन तर तपाइले अहिलेको कम्प्युटरमा जतिपटक गरेपनि कुनै प्रभाव रहदैन कारण अहिलेको Hard disk को speed यति धेरै हुन्छकी तपाइसँग समय छैन disk defragmentation गर्ने त्यति धेरै छिटो चल्न सक्नेहुन्छ अहिलेको Hard disk हरू । हो पहिलेको कम्प्युटरमा धेरैनै Slow hard disk पाइनेहुदा त्यसवेलाको कुरा अर्कै थियो । अब अाउछ ठाँउ खालि गराउछ भन्ने कुरा त्यसको एउटै उत्तर छ तपाइरे अफ्नो कोठामा समान मिलाउदा कतिको खाली ठाँउ निकाल्नु हुन्छ ।
> कम्प्युटरमा shutdown नगरि सिधै बन्द गर्दा विग्रन्छ । यो कुराको पनि सानो प्रश्न सोधौ तपाइलाइ Television कहिले shutdown गर्नु भएको छ । यो पनि विद्युतीय यन्त्रहो यसलाइ सिधै बन्द गर्नाले विग्रने भन्ने हुदैन तर यसमा रहेको प्रोग्राम मा समस्या अाउन सक्छ । तर physical कुनै चिजमा समस्या भने अाउदैन ।
> कम्प्युटर धेरै बन्द गर्ने खोल्ने गर्न हुदैन यो कुरा पनि गलत हुन अाउछ । तपाइले सायद खोल्ने बन्द गर्नेकाम मात्र दिनभर गरि रहनु भएपनि सायद तपाइ विग्रनुहोला तर कम्प्युटर विग्रदैन । किनभने ढोका खोल्दा र लगाउदा विग्रन्छ भने ढोका काहा ढोका भयो र होइन त्यसको कामनै वन्द गर्ने र खोल्ने हो नि, होइन र ?
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger