Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » प्रहरीमा बढ्यो आत्महत्या

प्रहरीमा बढ्यो आत्महत्या

विराटनगर, माघ २८ पाँच दिनअघि पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगरको मैदानमा बरको रुपमा एक प्रहरी जवान ले झन्डिएर आत्महत्या गरे। आइतवार राती २ वजेदेखी पोष्ट ड्युटीमा खटिएका प्रहरी जवान लालबहादुर खड्का २ घन्टाको पालो सकेर ४ वजे सुत्न गएका थिए।



कोठामा जुत्तामात्र फुकालेर खड्का सीधा केही पर रहेको मैदान छेउको रुखमा गए र पासो लागे। सोमवार विहान करिव पाँचवजेतिर उनी रुखमा झुन्डिएको अन्य साथीहरुले देखेपछि केन्द्रमा हल्लीखल्ली भएको थियो।
दंगा प्रहरी गण इटहरीमा दरबन्दी भई ओखलढुंगा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सोलुखुम्बु नेलेका अन्दाजी ३५ वर्षीय खड्का दंगा नियन्त्रण सम्बन्धी एक महिने तालिममा आएका थिए।
उनको तालिम सकिएको थियो। उनलाई कार्यरत रहेको जिल्लामा पठाउने तयारी गरिँदै थियो। उनकी श्रीमती निर्मला राई ओखलढुंगाकै प्रहरी कार्यालयमा हवल्दार पदमा कार्यरत छिन्। उनले किन आत्महत्या गरे भन्ने थाहा हुन सकेको छैन। केन्द्रिका समादेशक पुष्कर कार्की आत्महत्या गर्नुपर्ने कारण नभएको बताउँछन्।
त्यस्तै, चार महिना अगाडि विराटनगरमै अर्का एक प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए। कार्तिक १७ गते सीआरभी पोष्ट जतुवामा मोरगंमा सवारी चालकका रुपमा रहेका प्रहरी जवान सञ्जय लामिछानेले विहान ७ वजे साल्ट टेडिगंको कम्पाउन्डभित्र गाडीमा गोली हानेका थिए।
घाइते अवस्थामा रहेका उनलाई कोसी अञ्चल अस्पतालमा उपचारका लागी लग्नेक्रममा बाटैमा मृत्ुयु भएको थियो। चालक लामिछाने आफूले चलाउने सिआरभीको गाडि धुनका लागी त्यहाँ गएका थिए। उनले आत्महत्या गर्नुको कारण समेत अझै खुल्न सकेको छैन।
यसैगरी पाँच महिनाअघि जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवानले पनि आत्महत्या गरेका पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानीले जनाएको छ। खाँदबारी नगरपालिका १ मा डेरामा बस्ने प्रहरी जवान डम्बुकुमार पाण्डेले राति आठ वजे आफ्नै कोठामा साडीको पासो लगाई आत्महत्या गरेका थिए। उनको आत्महत्याको कारण समेत खुल्न सकेको छैन। खोटागं जिल्लामा कार्यरत प्रहरी जवान इन्द्रकुमार पुरीले पनि गत वर्ष पुसमा विष सेवन गरी आत्महत्या गरे। प्रहरी व्यारेकवाट पुस ६ गते भागेका पुरी ७ गते खोटागंको छोरेम्बु २ मा रहेको खोला नजिक विष सेवन गरी छटपटाइरहेको अवस्थामा फेला परेका थिए। उपचारका लागी लैजानेक्रममा उनको मृत्यु भयो।
माथिका तथ्यांक हेर्ने हो भने प्रहरी सेवामा कार्यरत रहेकाहरुले आत्महत्या गर्ने क्रम बढेको छ। गत वर्ष पूर्वका १६ जिल्लामा कार्यरत प्रहरीमा एक जनाले मात्र आत्महत्या गरेका थिए भने यस वर्ष ६ महिनामा चार प्रहरीले आत्महत्या गरिसकेका छन्।
प्रहरीहरुले नै आत्महत्या गर्नु निकै गम्भीर कुरा भएको प्रहरी तालिम केन्द्रका समादेशक कार्की बताउँछन्। पछिल्लो समय प्रहरीको आत्महत्याको दर बढको र यसलाई बेलैमा व्यवस्थापन नगरे योक्रम बढ्न सक्ने उनको भनाई छ।
आत्महत्या गर्नुको कारण डिप्रेशन र मादकपदार्थ सेवन रहेको मानसिक रोग विशेषज्ञ डा रञ्जन थापाले बताए। उनका अनुसार डिप्रेशनको अन्तिम रुपनै आत्महत्या हो।
प्रहरीमा लामो समय परिवारविहीन बस्नुपर्ने तथा मनोरञ्जनको मात्रा ज्यादै काम भएकाले यस्ता समस्या देखिएका हुनसक्ने उनको भनाई छ। पारिवारिक र आर्थिक अवस्था तथा कामको व्यस्तताले समेत यसमा भुमिका खेलेको हुनसक्ने थापाको भनाई छ। त्यसमा पनि मादकपदार्थले नरकारात्मक भुमिका खेलिरहेको हुने थापाले बताए।
जिल्ला प्रहरी कार्यालय मोरगंका एसपी प्रधुम्न कार्की प्रहरीको जागिरनै निकै कडा भएको बताउँछन्। धेरैलाई ड्युटीले नै डिप्रेसनमा लैजाने गरेको उनले अनुभव सुनाए।
२४ देखी १७ घन्टासम्म ड्युटीमा खनिुपर्ने भएकाले धेरै प्रहरी यसैकारण पनि डिप्रेसनमा जाने गरेको उनले बताए।
समयमा विदा नपाउनु, लामो समयसम्मको कडा ड्युटी हुनु र त्यसमाथि पारिवारिक समस्या थपिनु प्रहरीको आत्महत्या गर्ने प्रमुख कारण भएको एसपी कार्कीको भनाई छ।
जनसंख्या अनुसारको प्रहरी दरबन्दी नहुनु,भएको दरबन्दी पनि खाली रहनु, खैनिक आठ घन्टा काम गर्नुपर्नेमा १७ घन्टासम्म काममा लदाउनु, विहान उठेदेखी सधै नराम्रा मात्र कुरा सुन्नु, सधैभरि माथिल्लो दर्जाको डरमा काम गर्नुपर्ने लगायतका कारणले प्रहरीहरुमा डिप्रेसन हुने विज्ञहरु बताउँछन्।
साभार : कान्तिपुर दैनिक




Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger