शीरध्वजले गाउँमै पढेरै पनि एस. एल. सी.मा बोर्ड टप गरेको थियो । अनि ऊ काठमाण्डौं शहर आयो । शीरचन्द्रले पनि गाउँबाटै एस. एल. सी.मा राम्रो अङ्क ल्याएर पास गरेको थियो । अनि काठमाण्डौंमा पढ्नका लागि काठमा
ण्डौंको नजिक भक्तपुरमा कोठा लिएर बसेको थियो । त्यस्तै सूर्यशङ्करले पनि गाउँबाट एस. एल.सी.मा राम्रो अङ्क ल्याइ उत्तीर्ण गरेपछि काठमाण्डौं नजिक ललितपुरमा कोठा लिएर आफ्नो पढाइ सुचारु गरिरहेको थियो ।
शीरध्वजलाई सरकारले बोर्डमा आएकोलाई दिइएको सुबिधाले शहरमा कोठा लिएर बसी खान-लाउनलाई पर्याप्त थिएन । अनि शीरध्वजको घरबाट पनि पर्याप्त पैसा नपठाइदिएकोले गर्दा शीरध्वजले प्राइभेट कम्पनीमा काम गथ्र्यो । बिहान सबेरै क्याम्पस पढ्न जान्थ्यो । क्याम्पसबाट फर्किसकेपछि अफिसमा काम गर्न जान्थ्यो अनि कोठामा बेलुकी अबेर घर फर्कन्थ्यो । कोठामा फर्किसकेपछि एक छाक राम्ररी खानका लागि स्टोभ बाल्ने काम गथ्र्यो । स्टोभ दम दिँदाको ट्याङ-ट्याङ आवाजले रातको सत्राटालाई खल्बल्याइदिन्थ्यो । अनि घर-पट्टी साहू बेखामानदाइ आएर हेर्न आउँथ्यो । भात पाकिसकेपछि तरकारी नराखी त्यत्तिकै भातमात्र खान लागेको देखी तरकारी नभएको देखेर, बेखादाइले बाबु यस्तो उमेरमा पनि तरकारी नभइ खाने हो ? भन्दै हामीले माथि तरकारी बाँकी गरिराखेका छौं जा छोरी शीरध्वजलाई हाम्रो तरकारी दे दे भन्दै सहयोग गर्दथ्यो । घर-पट्टीले म भनेको तिम्रो बुबानै हुँ भनेर परीआएका धेरै कुराको मद्दत गर्दथ्यो र यी तिम्री बहिनी हुन् भनेर छोरीलाई देखाउँदै कुनै अप्ठेरो नमानी सबै कुरा छोरीसँग सहयोग मागे हुन्छ भनी भन्दथ्यो र छोरीले पनि आफ्नो दाइ सम्झेर गृहिणीको रुपले सघाउँदथी ।
उता शीरचन्द्रको पनि हालत त्यस्तै खराब थियो । शीरचन्द्रलाई पनि उसको घर-पट्टी साहू पूर्णमान दाइले शीरध्वजलाई उसको घर-पट्टीले गरेजस्तै आफ्नो छोरीका मार्फत गृहिणीको काममा सघाउ पुर्याइरहन्थ्यो र यी तिम्री बहिनी हुन् भनेर छोरीलाई देखाउँदै कुनै अप्ठेरो नमानी सबै कुरा छोरीसँग सहयोग मागे हुन्छ भनी भन्दथ्यो ।
त्यस्तै सूर्यशङ्कर पनि अभावै अभावमा विताइरको थियो । सूर्यशङ्करलाई पनि उसको घर-पट्टी साहू रत्नलाल दाइले बेखामानदाइ र पूर्णमान दाइले जस्तै आफ्नो छोरी मार्फत गृहिणीको काममा सघाउँदथ्यो र यी तिम्री बहिनी हुन् भनेर छोरीलाई देखाउँदै कुनै अप्ठेरो नमानी सबै कुरा छोरीसँग सहयोग मागे हुन्छ भनी भन्दथ्यो ।
शीरध्वज, शीरचन्द्र, र सूर्यशङ्कर तीनैजना ब्राम्हण परिवारका थिए भने बेखामानदाइ, पूर्णमानदाइ र रत्नलालदाइ तीनै जना नेवार परिवारका थिए । तर उनीहरू आफूहरू यत्ति मिलेर बसेका थिए कि सबैले शीरध्वजलाई बेखामानदाइको छोरा भन्दथे, शीरचन्द्रलाई पूर्णमानदाइको छोरा भन्दथे भने सूर्यशङ्करलाई रत्लालदाइको छोरानै भन्दथे ।
क्याम्पस पढ्दा पढ्दै शीरध्वज, शीरचन्द्र र सूर्यशङ्कर तीनै जनाले छुट्टाछुट्टै राजनीतिक पार्टीको सदस्यता पनि लिए । तर उनीहरूको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो । पार्टीमा पनि भरखरै भरखरै मात्र प्रवेश गरेकाले गर्दा पार्टीले पनि त्यत्ति सहयोग गरिरहेका थिएनन् । उनीहरूसँग पैसा कमाउने उपाय पनि केही थिएन । गाउँमा फर्कन सक्ने अवस्था पनि थिएन त्यसैले उनीहरूले घर-पट्टी साहूको छोरीलाई फसाएर बिहे गरेर घर-पट्टी साहूले थाहा नपाइकन भागेर सम्पत्ति कुम्ल्याउने योजना बनाए । ती सम्पत्ति नभए पनि तीनजना चतुर व्राम्हणहरू ब्यापार व्यवसायमा निपुर्ण सोझा नेवारका छोरी फसाइ सम्पत्ति सबै कुम्ल्याई भागी-बिहे गरी सम्पत्ति कुम्ल्याउन सफल भए । यता उनीहरूलाई भने पार्टीले अन्तरजातीय बिहे गरेको भन्दै उच्च मूल्याङ्कन गर्यो ।
हुँदा हुँदा उनीहरूको बिहे गरेको पनि १० वर्ष वितिसकेछ । पार्टीमा पनि सामाजिक क्रान्तिका लागि यिनीहरूले जातपातको ख्याल नगरी बिहे गरेको भनी ठूलै मूल्याङ्कन गरी यसपालीको निर्वाचनमा उठ्नका लागि मौका दियो । घर-पट्टी साहूरुहरूले पनि पहिले त उनीहरूलाई गाली गरे आखिर छोरीको मायाले गर्दा उनीहरूलाई ज्वाइँका रुपमा स्वीकारे ।
उनीहरूले पनि यसपाली शीरध्वज काठमाण्डौको ससुराली शहरको निर्वाचन क्षेत्रबाट, शीरचन्द्र भक्तपुरको ससुराली शहरको विर्वाचन क्षेत्रबाट र सूर्यशङ्कर ललितपुरको ससुराली शहरको निर्वाचन क्षेत्रबाट चुनावमा उठे । ती तीनैजनाले हामी यस शहरको ज्वाइँ हौं हामीले यहाँहरूसँग दाइजोका रुपमा केही नलिएकाले गर्दा एक भोट हामीलाई दाइजोका लागि दिनुपर्यो भनेर प्रत्येकको घरको दैलोमा गएर भत्र भने चुकेनन् । यसले गर्दा उनीहरू तीनैजना नेपालभरी मध्ये सबैभन्दा बढी प्रतिशत मत ल्याएर जित्ने तीन नेताहरूमध्येमा परे । जसले गर्दा पार्टीमा उनीहरूको ठूलै मूल्याङ्कन भयो । जसले गर्दा अहिले शीरध्वज पार्टीका तर्फबाट प्रधानमन्त्रीका रुपमा लडेर अहिले प्रधानमन्त्री भइरहेको छ भने शीरचन्द्र अर्को पार्टीको सभापति भएको छ त्यस्तै सूर्य शङ्कर अर्को पार्टीको अध्यक्ष भएको छ ।
अहिले यिनीहरूको पार्टी नेपालको प्रमुख तीन पार्टीका रुपमा जनता माझ उपस्थित छन् । यसपाली प्रधानमन्त्रीले कुनै नयाँ काम गरेको देखाउने ठाउँ नभएर सरकारी इञ्जिनियरहरूलाई डेलिगेशन बोलाएर काठमाण्डौं, भक्तपुर र ललितपुर शहरको बाटो चौडा पार्न थालेका छन् । नियम मिचेर घर बनायो भनेर घर सबै डोजरले भत्काउन थालेका छन् । सबैतिर घरहरू भत्काइरहेका छन्, कतैतिर बनाउने काम भएको छैन । यसले गर्दा अहिले नेपालको राजधानी शहर काठमाण्डौ भग्नावशेष जस्तो देखिन्छ ।
घर भत्काइका क्रममा उनीहरूले काठमाण्डौंको बेखामानदाइको आफ्नो एकमात्र सम्पत्ति उही पहिले प्रधानमन्त्री शीरध्वजले कोठा लिएर गुजारा गरेको उही पुरानो घर, काठमाण्डौंको नजिक भक्तपुरको पूर्णमानदाइको आफ्नो एकमात्र सम्पत्ति उही पहिले पार्टीमा सभापति शीरचन्द्रले कोठा लिएर गुजारा गरेको उही पुरानो घर त्यस्तै काठमाण्डौं नजिक ललितपुरको रत्नलालदाइको आफ्नो एकमात्र सम्पत्ति उही पहिले पार्टीको अध्यक्षले कोठा लिएर गुजारा गरेको उही पुरानो घर पनि परे ।
त्यस्तै कति आफ्नो घर मात्रै एकमात्र सम्पत्ति हुनेहरू थुप्रैजना उठीबास भए ।
“यी नेताहरूले हामीलाई एक भोट दाइजो दिनुस् भन्दै माग्न आए तर यिनीहरूले त हाम्रो उठीबास गरी घरै लगे । यिनीहरूले पहिले अत्यधिक मतले जितेका थिए । तर अहिले यिनीहरू न्यून मत ल्याउने तीन नेताहरूमध्ये पर्नेछन् ” यसरी घर भत्काएको भग्नावशेषलाई हेर्दै एकजना पीडित बर्बाराउँदै थिए ।
“यिनीहरूले एक भोट माग्न आएका होइनन् यिनीहरूले त एक घर माग्न आएका रहेछन् ” अर्को पीडित बर्बाराउँदै थियो ।
अर्कोले प्रत्युत्तरमा भन्दै थियो “पैसा हो सबै पैसा । अब सात पुस्तालाई पुग्ने पैसा कमाएपछि अति न्यूनतममै हारेता पनि के को लाज ससूरालाई पनि नछोड्ने यस्ता नेताहरू, उडुसै हुन् नि यिनीहरूको कुन बेला पेट फुट्ने हो होस् पनि छैन ढाडिएका यी नेताहरूलाई । अब यिनीहरू आफ्नै रगतमा डुबेर मर्छन् । ”
No comments:
Post a Comment