सियरा लियोन (एजेन्सी), जेष्ठ १६ -
हीराले भरिपूर्ण भए पनि विभिन्न किसिमका युद्धले क्षतविक्ष बनेको यो
मुलुकका बासिन्दा आधा पेट खाएर खोज्ने त गर्छन् तर यसको फाइदा भने विदेशीले
लिँदै आएका छन् । यो मुलुकमा सन् १९३० मा हीराको खानी रहेको पत्ता लागेको
हो । त्यसयता यहाँबाट निरन्तर रूपमा हीरा खोजी र उत्खनन हँुदै आएको छ । यो
मुलुकको करिब ८ सय स्थानमा हीरा पाइन्छ । यहाँ सन् १९७२ मा विश्वकै सबै
भन्दा ठूलो र बहुमूल्य हीरा पत्ता लागको थियो ।
हीरा उत्खनन गर्ने यहाँ विदेशी कम्पनीहरू छन् । हालै मात्र इजरायली कम्पनी
बेनी स्टेनमेजको सहायक कम्पनी कोइदु होल्डिङ्सले यहाँ १५ करोड लगानी
बढाउने घोषणा गरेको छ । यहाँका अधिकांश कम्पनीले सस्तोमा अमेरिकी तथा
युरोपेली कम्पनीलाई बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीहरू विश्व
बजारको सेयर सूचीमा अग्रस्थानमा छन् ।
हीराले धनी भए पनि यो देशका जनता न्यूनतम आधारभूत वस्तुहरूबाट पनि वञ्चित
छन् । यहाँका बासिन्दाले हीरा खोजेबापत दिनको ३ हजार लियोन -करिब ६०
रुपैयाँ) मात्र पाउँछन् । त्यसले एक दिनको खाना समेत नपुग्ने उनीहरूको
गुनासो छ । त्यसमाथि हिजोआज पहिले जस्तो हीरा पाइन छाडेकाले मालिकले पैसा
दिन कयौं दिन अल्झाउने गरेको उनीहरू बताउँछन् ।
६० कै दशकमा स्वतन्त्रता हासिल गरे पनि यहाँ विभिन्न समूहको दंगा फसाद र
युद्धले विदेशी हस्तक्षेप बढ्दो छ । नेताहरू अत्यन्त भ्रष्टाचारी छन् ।
कम्पनीसँगको मिलेमतोमा स्थानीय बासिन्दालाई झुक्याउने गर्छन् । कम्पनीले
आम्दानीको एक प्रतिशत स्थानीय क्षेत्रमा लगानी गर्नुपर्ने सम्झौता गरेको छ ।
तर यहाँ एक पैसा पनि लगानी नभएको स्थानीयको आरोप छ ।
kantipur
No comments:
Post a Comment