डडेलधुरा, जेष्ठ २ -
अठार दिनदेखि जारी आमहडतालले औषधि उपचारमा एम्बुलेन्स अभाव भइरहेको बेला
बझाङ जनस्वास्थ्यको एम्बुलेन्स कैलालीबाट मदिरा, तरकारीलगायत सामग्री
ओसारपसारमा लगाइएको छ । मदिरालगायत वस्तुले भरिएको एम्बुलेन्स डडेलधुरामा
आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् ।
दिनहुँजसो ओहोरदोहोर हुने बझाङ प्राथमिक स्वास्थ्य केन्द्र देउलेकको से१झ २१२ नम्बरको एम्बुलेन्स अखण्ड सुदूरपश्चिम पक्षधर आन्दोलनकारीले डडेलधुरा सदरमुकाममा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । सोमबार बिहानै आन्दोलनकारीले डडेलधुरा बसपार्कमा शंका लागेर एम्बुलेन्समा हेर्दा मदिरासहित अन्य सामग्री भेटिएको एमाले जिल्ला अध्यक्ष विक्रम शाहीले बताए ।
आन्दोलनकारीले एम्बुलेन्स, प्रेस, विवाहका गाडी र शववाहनलाई निर्बाध चल्न दिएका कारण अवैध ओसारपसार भएको शाहीले बताए । पहाडी जिल्लाबाट दैनिक एम्बुलेन्स तराई आउजाउ गर्दै आएका छन् ।
प्रकाशित मिति: २०६९ जेष्ठ २ ०९:२१
kantipur

No comments:
Post a Comment