प्रभावित हुनु र चोर्नुमा आकाश पातालको फरक भएपनि हाम्रा चलचित्रकर्मी प्रभावित भएको भन्दै चोर्ने काम गर्छन् । प्रभावित हुनु खासै नौलो कुरा होइन, तर चोर्नु गलत र अपराध हो । दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘वाचा’का पोष्टरहरु एक तमिल फिल्मका पोष्टरबाट चोरिएको छ, त्यो पनि बेइज्जतिपूर्ण ढंगले ।
चलचित्रको एक पोष्टरमा वाचाका नायक दिलीप रायमाझी र सिमरन पोखरेलको अनुहार नै लुकाईएको छ । तर रमाईलो कुरा के छ भने तमिल फिल्मका नायक तथा नायिकाको अनुहारलाई छोपेर उनीहरुले लगाएको कपडा र पढेको किताव समेत एउटै राखिएको छ, नेपाली वाचामा । यसरी हेर्दा डिजाईनकर्ताले वाचाको पोष्टरमा केही मेहनत गर्ने कोशिस नै गरेनन् । अक्कल बिनाको नक्कल भने झैं तमिलको चोर्न नजान्दा किताको नाम पनि पछिल्लो पन्नामा पर्न गएको छ ।
यस्तै चलचित्रको अर्को एक पोष्टर पनि यही तमिल सिनेमासँग केही हदसम्म मिल्छ । पहिलो पोष्टर जसरी हुबहु सार्न डराएपनि दोश्रो पोष्टरको डिजाईन पनि ‘ईट्स माई लभ स्टोरी’ नामक तमिल सिनेमाको पोष्टरबाट नै चोरिएको हो ।
चलचित्रमा नायिका जिया के.सी.को भूमिका रहेपनि ‘एटीएम’ सिनेमामा अश्लिल संवाद र दृश्य दिएर बेइजत गरेको भन्दै निर्देशक दिपक श्रेष्ठले उनको अनुहार पोष्टरबाट हटाएका थिए । दिपकले जियाको तस्वीर सिनेमामा नराख्नुको कारण बल्ल खुलेको छ । उनले पोष्टरको डिजाईन तमिल सिनेमासँग मिलाउन खोजेकाले पनि तेश्रो पात्रको आवश्यकता नदेखिएको स्पष्ट छ । यसैले जिया सिनेमाको पोष्टरमा अटाइनन् । ईट्स माई लभ स्टोरीको पोष्टरमा कलाकारको पहिरन र पुस्तक समेत परिवर्तन नगरी नेपाली वाचाको पोष्टर बनाइएकाले पनि यो सिनेमा यही सिनेमाको कपि त होईन भन्ने आशंका बढेको छ ।
Source: onlinekhabar.com
No comments:
Post a Comment