प्यारी चुनमुने,
तिमी हराए देखि मेरो मन एक तमासको भएको छ|तिमी थियौ र पो सब थियो,तिमी छैनौ सबैतिर बन्दै बन्द छ|
चुने ,तिमी हराएको अनुभब राती हतार हतार घरको ढोकामा पुगेपछी मात्र भो| सधै जसो छुनमुन गर्ने तिमी त्यतिखेर तिम्रो छुन मुन न सुन्दा म ट्रेनको ट्रयाकबाट खसे जस्तो भएँ| तिमी संग बिताएको अन्तिम क्षणहरु ब्रेकिंग न्युज जसरी मेरो मनमा खेल्न थाल्यो| बिहान देखि नै तिमी म संग थियौ,काम बाट म कलेज जादा सम्म पनि तिम्रो छुनमुनको मलाई सम्झना थियो| तिमी संग हातमा हात मिलाई हिडेको संझना ताजै थियो ……त्यस पछी सोचे तिमी कतै न्यानो कुनामा बसी रहेकी हौली!

ढोकामा उभिएर तिमीलाई सबै तिर खोजे , कुना काप्चा ,दाँया बाँया सबै तिर खोजे अह तिमी थिएनौ|तिमी नभए पछी त्यो अँधेरो रात झनै अँधेरो लाग्यो | तिमी बिना म घर भित्र कसरी प्रवेश गर्न सक्थे र !तिमी संग बिताएका सम्झना संग टोलाउदै म बाहिरै बाहिरै बसे | सोचे तिमी बिना मेरो जीबन कसरी अगाडी बढ्ला….ओ हो मेरो थकान,भोक, निन्द्रा सबै सबै हरायो चूनी!घन्टौ कुरे पछी मेरो रुम मेट साथी आई पुगे |मेरो अँधेरो अनुहार देखेर थाहा पाई हाले आज मैले केहि गुमाएको छु!कोठामा त छिरे तर तिमी थिएनौ|तिम्रो चुनमुन थिएन|मेरो बेडमा अल्झेर बस्ने तिम्रो बिझाइ थिएन! तिमी बिना मेरो यात्रा भोली देखि कसरी सुरु होला भन्ने कल्पनामा डुब्दा डुब्दै म त भुसुक्क निदाएछु |
मेरो मूल्य थियौ तिमी ,मेरो मेल बक्सको माली थियौ, घर कोठाको त सर्वस्व थियौ!बिहान निकै अप्ठेरो अनुभब गर्दै काममा पुगे! तिमी मेरो साथमा नभएको खबर साथी भाईले बुझी हाले|उनिहरुको सान्त्वनाले तिम्रो कमी पुरा गरेन|मलाई त तिम्रो खाचो थियो| निकै पिरलो चूनी तिम्रो सम्झनाले!
प्यारी चुनि , म दिन भर अल्मलि रहे | तनाब बढ्यो|तिमी कतै आई हाल्छौ कि भन्ने आशाको त्राण बाकी नै थियो तर केहि खबर आएन|बारम्बार मेरा हातहरु तिम्रो खोजीमा चली रहन्थे|
प्यारी चुनि , म दिन भर अल्मलि रहे | तनाब बढ्यो|तिमी कतै आई हाल्छौ कि भन्ने आशाको त्राण बाकी नै थियो तर केहि खबर आएन|बारम्बार मेरा हातहरु तिम्रो खोजीमा चली रहन्थे|
तिम्रो अनुहार सम्झी रहे..त्यो मेल बक्स खोल्न हतारिने चाँदी रंगको सानी तिमी!त्यो लामो लामो पातली तिमी मेरो सेफ्टी डिपोजिट बक्स कस्तो साबधानी साथ खोल्थ्यौ,कोठाको ढोका खोल्दा मलाई एक छिन अल मलाएर मिठो रिस उठाउने मोटी तिमी,मूल गेट खोल्दा उल्टो पाल्टो परेर मलाई दुख दिने तिमी !त्यो दुख नै कति प्यारो थियो!कहिले कहिँ तिम्रो रिसले मेरो फोनको सिसा कोर्दा पनि म कहिल्यै रिसाइन!तिमी यति बिस्वासिलो थियौकी पछि मैले तिम्रो कम्मरमा सानो पेन ड्राइभ पनि झुन्ड़ाई दिएको थिए |उफ्फ़ !अब त यी सम्झनाहरु कथा मात्र हुने भो प्रिय!
यतिका बर्ष बस उठ हुदा कहिल्यै तिम्रो एउटा तस्बिर खिच्ने पनि सुर आएन छ मलाई |कमसेकम तिम्रो तस्बिर मात्र हुदो हो त म फेसबुक, ट्वीटरमा साथीभाई लाई देखाउथे! सायद उनीहरुको सहानुभूतिले मन अलि शान्ति हुने थियो कि ! तर पनि केहि छैन तिम्रो सम्झनाको तस्बिर मेरो मुटु भरी छ!मेरी मुनी, तिमी जहाँ भए पनि जसरी रहे पनि यो कुरा बुझ कि तिमी मेरी हौ | म बिना तिम्रो र तिमी बिना मेरो संसार अधुरो हुन्छ, अपुरो हुन्छ|तिमी बिना मेरा सबै द्वारहरू बन्द छन|
तिमी जहाँ भए नि आउ, मेरो घरको द्वार बन्द भए पनि मनको ढोका खुल्लै छ !
तिमी जहाँ भए नि आउ, मेरो घरको द्वार बन्द भए पनि मनको ढोका खुल्लै छ !
आई लब यु चुनमुने, आई मिस यु!–
अनलक्की
(मेरी प्यारी चुनमुनेको सम्झनामा by Sahadev Poudel ,New York )
अनलक्की
(मेरी प्यारी चुनमुनेको सम्झनामा by Sahadev Poudel ,New York )
No comments:
Post a Comment