दैबले नि भक्त बाट घुस खान्छन् होला
यमदुत घुस माग्दै स्वर्ग लान्छन् होला
बलि दिए काम बन्ने नत्र बिनास् हुने
कालिहरु खुनै खाइ जीवन धान्छन् होला
गाइ दान गर्नेहरु स्वर्ग पुग्छन् भन्छन्
मल मुत्र दिने त्यो गाइ कहाँ बान्छन् होला
संका लाग्छ हाम्ले जस्तै देवताहरु पनि
फजुल् खर्च गरि गरि चाड मान्छन् होला
देउता पनि नेता नै हुन् छुट्टै पार्टी उसको
कार्यकर्ता लेबी तिर्न मन्दिर् जान्छन् होला
आफ्नै भक्त बाट लुट्ने तिमि लुटेरालाइ
कुनै दिन पुजारीले जुत्ता हान्छन् होला
-प्रकाश अर्याल "चुकुप्रकाश "
हाल : भारत
सम्पर्क : ९०३४११८६८४
No comments:
Post a Comment