मैले सधै देख्छु मिठा सपना निदाएर
ऊठ्छु तिनै सपनामा आगो लगाएर
मलाई सम्झेर तिमी धर धरी रुनु पर्ला
नजाऊ यसरी मेरो हृदय दुखाएर
मन्मा पापको भारी बोकेर दौडिन्छौ सधै
पुण्य मिल्दैन मन्दिरमा फूल चढाएर
जस्को घरमा दिन रात काटमार हुन्छ
ऊहि फर्किन्छ् मन्दिरमा परेवा ऊडाएर
तिमी खुबै कली युगको राम् हुँ भन्दै
हिड्छौ मान्छौ राम देखाऊ पैले सिता फर्काएर
जाऊ बरु तिमी बिद्धान् सँग झगडा गर
अर्थ छैन भालुलाई पुराण सुनाएर
स्मार्ट G सन्देश
रुद्रपुर-9 हरैया रुपन्देही,नेपाल"
No comments:
Post a Comment