कोपिलालाई मायाँमा फक्रेकोमा पछुतो छ
हृदयलाई यादमा धड्केकोमा पछुतो छ
उस्ले हिजो जूनेलीमा चम्केकोमा पछुतो छ
ठोकीठोकी बजाए कसैले पुजेन मंदिरमा
हेलित भै घण्टीलाई घन्केकोमा पछुतो छ
यस्तो होला, सोचेकै थे'न बारूदले कदापि
नरसंहार देखे पछि पड्केकोमा पछुतो छ
किनारले सहेकै थ्यो लहरका चोटहरू
नदिले नै छोडी गयो भत्केकोमा पछुतो छ !!
जगत कार्की
मोरंग, नेपाल
हाल; दुबइ !
No comments:
Post a Comment