त्यतिकैमा एउटिले भनि नगरकोट त बाइकमा जादा रमाइृलो हुन्छ ।
अर्किले निन्याउरो अनुहार लगाउदै भनि हुन्थ्यो नि यार तर उ संग बाईक नै छैन ।
फेरी एउटीले प्याच्च भनि "जाबो एउटा बाईक पनि न हु ने संग के लभ गरेकि त" । उनि हरुको यो कुरा सुनेर मलाई .....
(१) हासो लाग्यो
(२) चिन्ता लाग्यो र
(३) रिस पनि उठ्यो ।
(१) हासो यस अर्थमा कि यो बैस भन्ने चिज कस्तो हुदो रहेछ । होस् यो बैस र हासोको कुरा थप्दिन ।
(२) मा उनि हरुको, यो देशको र यूवा पुस्ताको भबिस्य देखेर चिन्ता लाग्यो ।
(३) मा यस अर्थले रिस उठ्यो कि उनि हरुको कुराले करिब ५-६ बर्ष अगाडिको घाउ बिझायो ।
हुनत त्यो बेलामा पनि म आफ्नै कमाईले राम्रो मोटरसाईकल किनेर चढ्न सक्थे । त्यसमा मेरो चासो नै भएन त मेरो के दोष । झन पुरानो कुरा सम्झियो झन दिमाख खल्बलिएर आउछ । त्यसैले यो कुरालाई यहि बिट मारें ।
त्यो रात कोठामा आएर राम्रो संग निदाउन सकिन मनमा अनेक तर्कना खेलि रहयो र आफ्नो पुरै व्यक्तित्व नै बदल्ने बिचार गरे । भोलिनै गएर सो-रुम बाट मोटर साईकल किन्छु र थप आडम्वरी का सामाग्री पनि किन्छु । नया बाईक र मेरो फेरीएको नयाँ खोल देखे पछि त अचेलका मै हुँ भन्ने युवति पनि पक्का म संग आर्कषित हुनेछन् । त्यस मध्ये राम्री एउटि संग बिहे गर्छु । तर सुहाग रातको दिन उस्लाई म संग होईन त्यही बाईक संग छिंडीमा सुताउछु । किन भने उनि मलाई होईन मेरो बाईकलाइ देखेर नै म संग आर्कषित भएकी हेो ।
फेरी एक छिन पछि cool भएर सोचे ।
अरु मूर्ख भए भन्दैमा म पनि मूर्ख हुनु हुदैन ।
म जे छु आफैमा ठिक छु ।
यतिकैमा निदाएछु ।
भोलि बिहान केहि टेन्सन नै भएन !!
बिन्दास काफ्ले ज्यू ...
No comments:
Post a Comment