साहित्यपारखी मगर मोहन |
अनुहार भरि क्रिम पाउडर दलि हिड्छे मखमली
झुक्याएर बाउ आँमालाई छलि हिड्छे मखमली||
रुप पनि सहारै राम्रो जिउडाल पनि मिलेकै छ
चन्द्रमाको ज्योति जस्तै बलि हिड्छे मखमली||
चन्चले छ बानी उस्को केटा केटी पन उस्तै छ
जो संग पनि जिस्किएर चलि हिड्छे मखमली||
मलाई थाहा छ यो मोहनलाई माया गर्छे उस्ले
देखेसी अर्कै संग रिसले जलि हिड्छे मखमली||
सायद पीडा भएर नै होला मनभित्र उस्को धेरै
नशामा डुबी लर्खराउदै ढली हिड्छे मखमली||
=========================
२१/०३/२०७१
साहित्यपारखी मगर मोहन
थारमारे ४ सल्यान
हालःमुग्लानि भुमिबाट
No comments:
Post a Comment