,
देखे पनि नदेखे झैँ गर्नु हुन्छ किन ??
यत्ति साह्रो पर-पर सर्नु हुन्छ किन ??
,
दंग पर्छु हिजोआज दोबाटोमा हिड्दा !
सधैं मेरै छेउ-छाउ पर्नु हुन्छ किन ?
,
जवाफ छ छैन कुन्नि तर सोधि हेर्छु !
मेरो प्रिय निदरी चै हर्नु हुन्छ किन ?
,
बरु माया छैन भने छैन भनि दिनुस् !
घरिघरि यता आँखा तर्नु हुन्छ किन ?
,
भन्द्या छु'है पछि फेरी पछुताउनु पर्ला !
बैंश छदाँ जता-ततै चर्नु हुन्छ किन ?
,
"आनन्द"ले तन-मन दिएकै त छु'नि !
फेरी मुटु घमण्डले भर्नु हुन्छ किन ?
,
आनन्द ( कुमार ),,,
( पोखरा ),,,
,
जवाफ छ छैन कुन्नि तर सोधि हेर्छु !
मेरो प्रिय निदरी चै हर्नु हुन्छ किन ?
,
बरु माया छैन भने छैन भनि दिनुस् !
घरिघरि यता आँखा तर्नु हुन्छ किन ?
,
भन्द्या छु'है पछि फेरी पछुताउनु पर्ला !
बैंश छदाँ जता-ततै चर्नु हुन्छ किन ?
,
"आनन्द"ले तन-मन दिएकै त छु'नि !
फेरी मुटु घमण्डले भर्नु हुन्छ किन ?
,
आनन्द ( कुमार ),,,
( पोखरा ),,,
No comments:
Post a Comment