कोमल नाथ रिमाल(साधुराम ) |
तरकारिको राजा नै भएपनि आलुको खासै इज्जत भने गरिंदैन। नराम्रो चिजको उदाहरण दिनुपर्यो भने आलु जस्तो भनिन्छ। २०४६ साल फागुनमा हाम्रो घर बनाउँदै गर्दा बहादुर दाइले माटो मुछ्थे। डकर्मिले माटो अल्लि मुछिएन, नरम भएन भने ।बहादुर दाइले भने यो माटो नै आलु जस्तो छ। मैले दङ्ग पर्दै निकैबेर हातमा माटो खेलाएँ तर आलु जस्तो लागेन।तेतिखेर म ६ बर्षको थें,गाउँघरमा कसैले पनि आलु रोप्दैनथे।श्राद्दको लागि या भोज भतेर शुभकामको लागि साँखुबाट लेराउने गरिन्थ्यो र गर्थे।घर बनाउने बेलामा कर्मिहरुलाइ बिहानको खाना खुवाउँनु पर्ने,भात रोटी ढिंडो जे पकाएपनि तरकारिको ठूलो सम्स्या पर्थ्यो ।रायोको सागको सिजन सकिसकेको हुनाले गुन्द्रुक संग मिसाउनको लागि बाले साँखुबाट ४,५ धार्नि आलु ल्याउनु भाको थियो। आलु लाइ किलोमा जोखिंदैनथ्यो या भनौ धार्निको मात्र हिसाब हुन्थ्यो। कतिपय ठाउँमा अझै पनि किलोमा भन्दा धार्निमा हिसाब गरिन्छ।
खाना खाने बेलामा सम्झें, मुछेको माटोलाइ आलु जस्तो भनेको। गुन्द्रुक मन नपर्ने हुनाले झोलमात्र माग्थे र बा आमाको भागबाट आलु छानेर २,४ टुक्रा मेरो बटुकामा हाल्दिनुहुन्थ्यो। गुन्द्रुकको अमिलो झोल मिठो लाग्थ्यो। आलु त मन पर्नेनै भैहाल्यो। आलु खाइयो तर माटोलाइ किन आलुजस्तो भनियो ? मनमा खुल्दुलि परिनै रह्यो। दिउँसो चाँपाबोट तिर खैलाबैला भएको सुनियो जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै थिए। हामि बच्चा बच्चिहरुले चाहिं ठुलै झगडा परेको भन्ने सोच्यौं। गोठालोमा दाजु हरुको पछि पछि लाग्दा खसी बोका जुधाएको हेर्न खुब मजा हुन्थ्यो।कैले काहिं सुसेलेर लाइलाइलाइलाइ भन्दै गोरु जुधाएको पनि देखेको थें,तर मान्छे जुधेको देखेको थिइंन। २,४जना रमाइलो हेर्न चाँपाबोट तिर दौडिए ,म पनि पछि लागें।सानाकिसान कार्यालय नजिक पुग्दा जन्ति भन्दा पनि धेरै मानिषहरु जिन्दाबाद र मुर्दाबाद भन्दै थिए। सायद् फागुन ८ गते होला । धेरै जसो भुराभुरिको टुकिमा गाँसेको हात्ति छाप् चप्पलका लोता चुंडिएका थिए र हातमा झुन्ड्याइएका थिए। म भिड भाडमा जान मानिन ।पल्लो घरको दाजुले प्याच्च भनिगो कस्तो आलु जस्तो रछ हिंड माथि पाङ्ग्रेबास सम्म जाने। बिहान मुछेको माटोलाइ आलुजस्तो,,, अहिले म आफैंलाइ? आफ्नो शरिर पुरै हेरें अहं कतैबाट आफुलाइ आलुजस्तो महसुस गर्न सकिन। नारा लगाउँने जन्तिसंगै उनिहरुले जिन्दाबाद भन्दा हामि मुर्दाबाद भन्थ्याउं। मुर्दाबादको ठाउँमा जिन्दाबाद। कतिखेर के भन्नुपर्नेहो थाहा थिएन। उनिहरुले भनेपछि अर्को पटकमा हामि दोहोर्याउँथौँ।
पाङ्ग्रेबास बाट हामि घर फर्कियौं। तर जिन्दगिमै भर्खरै आलु चिनेको मान्छे तेस्माथि पनि आलु जस्तो भन्ने शब्दले अनौठो लागिनै रह्यो र धेरै दिनसम्म सोचिरहें,आलु जस्तो।
मैले थाहा पाएको बेलादेखि अरु सब्जि भन्दा आलु महँगै छ तैपनि मान्छे बिग्रिएको र नराम्रो चिजसंग आलुको तुलना गर्छन। ५،६ कक्षामा पढुँन्जेल सम्म स्कूल नजिकैका दुइ पसलमा भएका आलुचप लाइ दिनमा ३ पटक हेरिन्थ्यो।जाँदा, हाफटाइममा र घर फर्कदा।किनकि त्यो आलु चप् तेति मिठो लाग्थ्यो। आज पनि दुनियाँमा आलुको फ्रेन्च कट र चिप्स जति लोकप्रिय अरु छैन होला भन्ठान्छु तैपनि मान्छे आलुजस्तो भन्दै आलुको बदनाम गर्न पछि पर्दैनन। यी आलु जस्ता मान्छेहरु।
अब यसको बुझाइमा परिवर्तन् हुनुपर्छ भन्ने मेरो मान्यता छ।कोहि निकै मिलन्सार छ,सबै सङ मिल्छ ,साथी बनाउँछ भने उस्लाइ तपाइँ अब तरकारिको आलु सम्झेर सह्रै मिलन्सार मेरो साथी आलु जस्तो भन्न सक्नुहुन्छ। कसैको आनि बानि हेरेर र आलुका परिकार हेरेर तपाइं चिप्स संग तुलना गर्न सक्नुहुन्छ र भन्न सक्नु हुन्छ कि वाह क्या आलु जस्तो मान्छे।मोटो घाटो छ, आलु जस्तो,नरम स्वभावको छ,आलुजस्तो,मिठो बोल्छ वाह क्या आलु जस्तो ।यबं तरिकाले मान्छेको वर्णन गर्नुस वाह क्या आलु जस्तो!
कोमल नाथ रिमाल(साधुराम )
नाङ्ले भारे ५ काठमाडौं
हाल यु ए इ दुबइ
No comments:
Post a Comment