गज़लकार : अनुरागी बिनोद |
यो शहरको भीडमा एक्लै हुन्छु र पो बन्छ गजल॥
त्यहि भिडमा आशुँले मुख धुन्छु र पो बन्छ गजल॥
कस्ले सुन्छ दुःख अनि बेदनाका कथा यहाँ, गजल
मनका ब्यथा मन भित्रनै थुन्छु र पो बन्छ गजल॥
जति सुधार गर्न खोज्छु त्यति धेरै बिगार हुन्छ,
राम्रो काममा पनि गाली सुन्छु र पो बन्छ गजल॥
पराईको बचन मनमा काँडा जस्तै बिझाई दिन्छ,
दिलमा घाऊ लाग्छ अनि रुन्छु र पो बन्छ गजल॥
सुख पाए यो बिनोदले जान्दैन थ्यो होला सायद,
बाध्य बनि दुःख भागमा चुन्छु र पो बन्छ गजल॥
अनुरागी बिनोद
हाल परदेशबाट
त्यहि भिडमा आशुँले मुख धुन्छु र पो बन्छ गजल॥
मनका ब्यथा मन भित्रनै थुन्छु र पो बन्छ गजल॥
जति सुधार गर्न खोज्छु त्यति धेरै बिगार हुन्छ,
राम्रो काममा पनि गाली सुन्छु र पो बन्छ गजल॥
पराईको बचन मनमा काँडा जस्तै बिझाई दिन्छ,
दिलमा घाऊ लाग्छ अनि रुन्छु र पो बन्छ गजल॥
सुख पाए यो बिनोदले जान्दैन थ्यो होला सायद,
बाध्य बनि दुःख भागमा चुन्छु र पो बन्छ गजल॥
अनुरागी बिनोद
हाल परदेशबाट
No comments:
Post a Comment