कहिले खुसी कहिले पिडा झेल्दै थियौ।
उर्लिएको भेलमा...माछा पौडिएसरी
मिठा नमिठा अनुभबहरु पेल्दै थियौ।
संगै हिँड्यौ डाँडा पाखा अनि शहरमा
मृत्युको बाटो पनि हामी छेल्दै थियौँ।
पछी पछी आउँदै थियो त्यो काल एतै
भाग्न अर्कै संसारमा भारी ठेल्दै थियौँ।
अचानक सिपाहीहरु आएर तेर्सिदिँदा
सासै रोकिएझैँ भएर घाँटी बेल्दै थियौँ।
निष्ठुरी दैब नजाती हर्नैपर्ने जिवनलाई
आखिर मिलेरै जाल त्यो जेल्दै थियौँ।
No comments:
Post a Comment