दाजु भाइले खेत राखी बारी दिए मलाइ
स्याल् कराउने घारी तिर पारिदिए मालाई
अंश-बंडा लाउने भन्दै तेल घस्न आए
मलिलो छ भन्दै पाखो खारिदिए मलाइ
बजारको सानो चौटौ घडेरी नि राखे
जमिनदार हुन्छस् भन्दै घारी दिए मलाइ
पुरानो गाउ पुरानो घर तिनकै अंस माथि
खोला पारि पर्यो मेरो तारिदिए मलाइ
जन्मेको गाउँ रुदै रुदै छोड्नु पर्ने भयो
अनकन्टार जंगलमा सारिदिए मलाइ
पाखुराको शक्ति बेची यिनै झिटी जोडें
कम्जोर भएँ अब अंश फारिदिए मलाइ
दाजुभाइले झिटी बेची सहरमा पसे
आफु कार चढे गोरु नारिदिए मलाइ
लेखापढी गरिएन जान्दिन म हिसाब
पुर्जा न’भा जग्गा रै’छ मारिदिए मलाइ
निकै दु:ख गरिकन पढाए थें मैले
पढे लेखे माथि पुगे झारिदिए मलाइ
- प्रकाश अर्याल "चुकुप्रकाश "
नलाङ ७ बैरेनी धादिंङ
3 comments:
अति नै मिठो गजल सर
nikai mitho
thanks !
Post a Comment