गइन् उनी नत मर्नु नत बाँच्नु बनाएर
दलदलेमा मलाइ पारि आस्थित्व नै मेटाएर
त्यति निच हुँदा सम्म संकोच छैन उनि भित्र
फालिन् इज्जत सकिदैन हिड्न शिर उठाएर
सुख संग राखेको नै थिएँ जस्तो लाग्छ अझै
भोको कैले राखिन है बरु आँफु नखाएर
के मा कमि गरेछु खै ठाडै बदर गर्नु पर्ने
सुन्दर परि ठान्थें मैले राख्थें फूल बिच्छ्याएर
नचिनिने रुप पनि हुँदो रै’ छ यो संसारमा
अति सालिन लाग्थ्यो जब बोल्थिन् उनि लजाएर
बाँच्न अनि बचाउन परदेशीनु बाध्यता छ
सधै संगै बसौं भन्थिन् हुन्न रै’छ सम्झाएर
नसोचेको नसम्झेको सपना पो हो कि जस्तो
नयाँ श्रीमान रोजिन् मेरो नाकमा आची लगाएर
जे नहुनु भयो यहाँ सकिदैन उल्ट्याउन
खुशी रहुन, सुखी रहुन राखोस सधै तताएर
- प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ
No comments:
Post a Comment