गज़ल्कार : अवि अविरल |
म तिम्रो धुकधुकी भित्रै हुने झंकारमा हुन्छु !!
कतै आधि-हुरी आई, तिमीलाई सताएमा
मलाई सम्जिनु तिमि म त्यही जंघारमा हुन्छु !!
सबै हास्छ्न सबै बोल्छन, सधै तिम्रै जिताईमा
म तिम्रो दु:खमा दुक्दै म तिम्रै हारमा हुन्छु !!
यसो हेर्दा नदेखेमा, नखोज्नु है कतै टाढा
तिमीले नै रचाएको म त्यही संसारमा हुन्छु !!
- अवि अविरल (Arun Regmi)
निलकण्ठ नगरपालिका, धादिंग
हाल : कुपणडोल ,ललितपुर
No comments:
Post a Comment