Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश तीज विशेष मुक्तक दोहोरि आज साझ ४ बजेबाट सुरु हुने , प्रमुख भूमिकामा कल्पना जिज्ञासु

चुकुप्रकाश तीज विशेष मुक्तक दोहोरि आज साझ ४ बजेबाट सुरु हुने , प्रमुख भूमिकामा कल्पना जिज्ञासु

नेपाली कविता फाँटमा अलि व्यापक ढङ्गले मुक्तकका बारेमा अध्ययन भएको देखिँदैन । अध्ययन गरेकाले पनि यसका बारेमा जाँगर गरेर लेखिदिएका छैनन् । यसले गर्दा मु्क्तक भनेपछि हुरुक्क हुने जमात आज मुक्तकलाई चिनाउने सैद्धान्तिक आलेखका अभावमा भ्रमको कुहिरोमा निसास्सिरहेको छ । नेपाली साहित्य जगतमा निकै फस्टाएको विधा गज़ल हो भने मुक्तक पछी पछी नै देखिन्छ | तर नेपालीमा मुक्तक कविताको लेखन वि.सं. १८३९ तिरबाटै भएको देखिन्छ । शक्तिबल्लभ अज्र्याल (पृथ्वीनारायण शाहदेखि रणबहादुर शाह कालका कवि) अहिलेसम्मको खोजद्वारा प्रमाणित पहिलो नेपाली मुक्तककार हुन् । उनका ‘तनहुँ  भकुन्डो’ शीर्षकका दुई श्लोकलाई नेपालीमा लेखिएका सर्वप्राचीन मुक्तक मानिन्छ ।

  मुक्तक फेरी ऐले अन्तिम समयमा आएर निकै चासोको बिषय बनेको पाइएको छ | आज यसको लेखन र विभिन्न पत्रपत्रिकाले देखाएको चासो लाइ मान्ने हो भने यो विधा निकै अगाडी आउने आँकलन गर्न सकिन्छ | 

चुकुप्रकाश डट ब्लग बाट पनि  यस विधालाइ निरन्तरता दिने कोशिस गरिएको छ | यसै ब्लग बाट आयोजना हुने विभिन्न कार्यक्रम मध्य "मुक्तक दोहोरि धमाका" सबैको  बलियो सुझाब , साल्लाह तथा  प्रतिक्रिया  बाट अघि बढ्दै आएको छ | हरेक महिना हुने यो मुक्तक दोहोरि कार्यक्रमको सातौँ  शृंखला सम्म सकिएर  आज २०७१ साल भाद्र ४ गते साँझ ४  बजेबाट आठौँ  भाग सुरु हुदै छ |

प्रकाश अर्याल  'चुकुप्रकाश '
पहिलो, दोस्रो र तेस्रो भाग चुकुप्रकाश डट ब्लग मै संचालन भएको थियो  भने बाँकी भाग   विभिन्न अतिथिको साथमा संचालन गर्दै आइरहेको छ | मुक्तक दोहोरिको सुरुको तिन भाग सम्म ब्लगका एडमिन चुकुप्रकाशबाट बै संचालन भएको थियो  भने , चौथो बिमल राज ढकाल , पाँचौ भण्डारी दाइ "अचम्म " , छैटौं  देवराज भन्तना"विवश अश्रुमालि" , सातौँ जगत अधिकारि अनमोल मुख्य भूमिकामा रहेका थिए | आजको यो कार्यक्रम तीज विशेष बनाइएको छ | महिलाहरुको विशेष चाड तीज को अवसरमा संचालन हुन लागेको यो  कार्यक्राममा महिला नै प्रमुख भूमिकामा रहनुहुने छ | 

बाग्लुङ को छिस्तीमा जन्मेर गैडाकोट,४,नवलपरासी लाइ कर्मभूमि बनाउनु भएको  कल्पना पौडेल 'जिज्ञासु ' हाल इजरायलमा हुनुहुन्छ | आजको कार्यक्रम उहाले इजराइल बाटै संचालन गर्दै हुनुहन्छ | 
पिता टिकाराम पौडेल तथा  माता  मनिकर्ण  पौडेलकी  सुपुत्रीका रुपमा बि .सं. २०३२ साल बैशाख २९ मा जन्मनुभएकी जिज्ञासुले बि.ए. सम्मको अध्ययन गर्नु भएको छ |उहाको समाज सेवा र साहित्य प्रतिको योगदान  उल्लेखनीय छ | उहाँ  
https://fbcdn-sphotos-g-a.akamaihd.net/hphotos-ak-xaf1/t1.0-9/10553565_905782779438984_4474498694305567710_n.jpg
कल्पना पौडेल 'जिज्ञासु'
 कल्पना फाउन्डेसनको संस्थापक अध्यक्ष ,  विश्व  नेपाली  साहित्य महासंघ इजरायल शाखा(GFNL) को
सह - सचिव  तथा नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा  को सदस्य समेत हुनुहुन्छ |पहिलो गज़ल संग्रह " भावनाका भेलहरु ' २०६९ ,  र दोस्रो गज़ल संग्रह ;जून हराएको रात ' २०७१  गरी उहाँको हालसम्म दुइ वटा कृति प्रकाशित भएको छ भने उहाँका गीत गज़ल मुक्तक कविता कथा र लेखहरु बिभिन्न पत्र पत्रिकामा प्रकाशित भएका छन् 
दोहोरीमा सहभागी हुन केहि दिन आगाडी नै ब्लग मा धेरै भन्दा धेरै टिप्पणी आएको छ | फेसबुकका भित्ता यिनै प्रसङ्ग ले भरिएका छन | 
"दोहोरीमा  रमाइलो गर्नकै लागी धेरैले मुक्तक लेख्छन  र निखारता पाउँछन , कतिपयले  त पहिलो मुक्तक नै यहीं लेखेका छन् | यो कार्यक्रमको मुख्य लक्ष्य नै नेपाली साहित्य जगतमा मुक्तकको चम्किलो ज्योती बाल्नु , सिघ्र प्रतिउत्तरको क्षमतामा वृद्धि गर्नु , रचनामा निखारता ल्याउनु  र अरुको रचना पढ्ने बानी  बसाल्नु हो |"

चुकुप्रकाश आठौँ तीज विशेष मुक्तक दोहोरि कल्पना जिज्ञासुको व्यक्तिगत फेसबुक  वाल मा संचालन हुँदैछ |  उहाँलाई  कल्पना पौडेल 'जिज्ञासु'    
 https://www.facebook.com/kalpana.sharma.376/ मा गएर सम्पर्क राख्न र मुक्तक दोहोरि मा भाग लिन सकिन्छ |




Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger