अमित खत्री अर्घाखाची |
कहिले यता कहिले उता , पर्छादैं भाग्ले मलाई ।
त्याही जिबन चाल सँग , सँगै जिन्दगी टल्यो मेरो ।।
चोटै चोटको भुमरी मा , जिबन मेरो अन्धकार ।
मलम बिनाको चोट मा , झनै भाग्यले छल्यो मेरो ।।
जिबन को पहर मोडमा , साथ दिने सहयात्रीले ।
सम्बन्ध तोड्दा आखीर , पिडाले चाल चल्यो मेरो ।।
छोपिए को आशु जालले , दुखी मेरै काहानी थियो ।
त्यही काहानीमा गजल , लेख्दा हात गल्यो मेरो ।।
अमित खत्री अर्घाखाची
हाल india gurgnan
No comments:
Post a Comment