गजल
बिन्ती छ सरकार बिदेश नपठा !
छोडेर घर बार बिदेश नपठा !!
पसिना बगाउँछु आफ्नै माटोमा !
दे मलाई रोजगार बिदेश नपठा !!
सोचेको कामदाम छैन बिदेशमा !
रुँदै छन हजार बिदेश नपठा !!
बुढाहुँदा सत्तामा बिकास रोकियो!
अब युवा अँघिसार बिदेश नपठा !!
टाउको दुख्ला पेट दुख्ला नेताहरुको!
तब खोज्लान उपचार बिदेश नपठा !!
हरीहर कँडेल
पाली अर्घाखाँचीबिन्ती छ सरकार बिदेश नपठा !
छोडेर घर बार बिदेश नपठा !!
पसिना बगाउँछु आफ्नै माटोमा !
दे मलाई रोजगार बिदेश नपठा !!
सोचेको कामदाम छैन बिदेशमा !
रुँदै छन हजार बिदेश नपठा !!
बुढाहुँदा सत्तामा बिकास रोकियो!
अब युवा अँघिसार बिदेश नपठा !!
टाउको दुख्ला पेट दुख्ला नेताहरुको!
तब खोज्लान उपचार बिदेश नपठा !!
No comments:
Post a Comment