- युवराज वस्नेत @ भवानी जी लाई मेरो जवाफ_________________________________________________
के गरी वस्छौ विरानो ठाउ फर्केर आउ सानु
जे पाक्छ झुपडीमा त्यही खाउ फर्केर आउ सानु
भो पर्देन धेरै सपना नदेख महल वनाउने
आफ्नो जे छ त्यसैमा रमाउ फर्केर आउ सानु ।। - कल्पित पतझड #देव' सागर जी लाइ_________________________________________________
कहिलेकाही जित्न खोज्छ हरेश ले प्यारा ।
र दुब्लाईछु गाउले परिभेशले प्यारा ।
फर्कनुस अबत सगै दुख गरौला ।
कतिन्जेल थाम्ला खर्च परदेशले प्यारा । - Shiva Subedi भित्री मन बेदनामा दुखाएर रोएं।_________________________________________________
नयनहरु रुदा रुदै सुकाएर रोएं।
परदेश बस्दा बस्दै बित्यो जिन्दगानी ।
बाबा आमा उपर शिर झुकाएर रोएं।
Jagat Anmol - जीबन 'उदास' Shiva Subedi_________________________________________________
सर
हो हामी दुख लुकाएर रूनु पर्छ
आशुहरू पनी सुकाएर रूनु पर्छ
यस्तै छ हामी नेपलीको हाल हजुर
प्ररदेशमा शिर झुकाएर रूनु पर्छ - Krishna Saud Jharna मुक्तक -_________________________________________________
जागीर खोज्न प्रदेशको गल्ली गल्ली धाए आमा
देश छोडी प्रदेश आउदा धेरै दुःख , खाए आमा
खुसि कहाँ छु र आमा हजुरहरु देखि टाढा हुदा
हात मुख जोर्ने बल्ल तल्ल नौकरी त, पाए आमा ||
कृष्ण साउँद "झर्ना" - Khuman Chhetry Muskan कसैलाई रहर छ, जान प्रदेश मा_________________________________________________
कसैलाई कर छ, जान प्रदेश मा
ठुला ठुला महल मा,घुम्ने मन हुने लाई
सपना को शहर छ जान प्रदेश मा ।
खुमन क्षत्री
नयागाउ-३, गुल्मी
हाल ~ दुबै (UAE) - 'देव' सागर @कल्पित पत्झड जि लाई_________________________________________________
बस्दिन यहाँ मरी-मरी, फर्कने छु प्यारी ।
घरमा केही खुशी भरी, फर्किने छु प्यारी ।
मेरो जन्मभुमी अनी,तिमिलाई भेट्न
एकै बर्श दु:ख गरी, फर्किने छु प्यारी ।
देव सागर , स्याङ्जा हाल कोरिया - फर्कि अाउनु छिट्टै बाबु घर सम्झेर
जिन्दगीको लामो लामो सफर सम्झेर
अाफ्नै देशमा सुन फल्छ फलाउन सकियो भने
नबस् बाबु अाफ्नै मुटु पत्थर.सम्झेर
जलन समर्पण
जाजरकोट
# Jak Parkas Rai - युवराज वस्नेत @ शिव सुवेदी सरलाई मेरो जवाफ_________________________________________________
पलपलको समय ख्याल राखेर वाचेका छौ
मनभरी पिडा लुकाई देखावटी हासेका छौ
तिमी संग भेट होला र धोको फेरेर रोओला भन्दै
यता हामी पनि गहभरी आशु साचेर वसेका छौ।।Raj Yk
जे जे आए उस्तै उस्तै टार्नु पर्छ परदेश
मन भरिका इच्छा आशा, मार्नु पर्छ पर्देश!!
के गर्नु र नेपाली को कर्मै खोटी रैछ,,
आँखा बाटै याद,आँसु झार्नु पर्छ परदेश!!
raj y.k. ५थर,मेचि नेपाल !!!
चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - ३ )
Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment