न गोली बनाएका थिए न हतियार बनाएका थिए ।
ईश्ळरले त केवल सुन्दर ससांर बनाएका थिए ।।
यस कारण मेरो बाबालाई अपराधी भनिदो रै छ ।
उनले यो देश बचाउन तरवार बनाएका थिए ।।
केवल पैसाकै निम्ती मान्छेहरुले आफ्नै घर समेत ।
वेश्यालय बनाएका थिए र ब्यापार बनाएका थिए ।।
अच्चम नमान्नु प्रेम खरीद बिक्रि हुन्छ लिलामी हुन्छ ।
रेडियो टेलिभिजन हरुले प्रचार बनाएका थिए ।।
अरे म फेरी त्यै समय अभाब र प्रियको खोजीमा छु ।
ज-जस्ले यो 'सायर' लाई गजलकार बनाएका थिए ।।
समिर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
No comments:
Post a Comment