Raj Yk
नेपाली ले नेपाली लाई आफ्नै सोच्नु पर्योll
आमा कसम साक्षी राखी, मुटु घोच्नु पर्योll
नेपाली ले नेपाली लाई आफ्नै सोच्नु पर्योll
आमा कसम साक्षी राखी, मुटु घोच्नु पर्योll
जात पातकै राजनैतिक कहिले सम्भव होला र यहाँ??
युवा मिलि देश बिकास, नक्सा रच्नु पर्योll
युवा मिलि देश बिकास, नक्सा रच्नु पर्योll
तिम्रो दैलत यस्तै हो कि कुरितिलाई ै आँगालेर हिँड्ने??
हैन भने देशभक्ती काँधमै बोक्नु पर्योll
हैन भने देशभक्ती काँधमै बोक्नु पर्योll
जातीयता मुद्दा उठाई समाज लाई उचाल्यौ किन???
सिमानामा धावा बोल्ने बैरी लाई पो टोक्नु पर्योll
सिमानामा धावा बोल्ने बैरी लाई पो टोक्नु पर्योll
देश भक्ति समाजवादी तिमी नै हो भने अब यहाँ,
भारतीय बिस्तार बादलाई छानी-छानी ठोक्नु पर्योll
भारतीय बिस्तार बादलाई छानी-छानी ठोक्नु पर्योll
सिमानाका बाँध पिल्लर हटाउने लाई जाति देख्छौ??
सबै मिलि सगरमाथा एउटै सिमा तोक्नु पर्योll
सबै मिलि सगरमाथा एउटै सिमा तोक्नु पर्योll
-राज वाई.के. भारपा२, ५थर मेची,नेपाल-
-हाल पर्देशको माटोबाट-
-हाल पर्देशको माटोबाट-
No comments:
Post a Comment