न छन यहाँ साथी भाई बसेको छु मुग्लानमा !
लाग्छन् यहाँ सब पराई बसेको छु मुग्लानमा !!
लाग्छन् यहाँ सब पराई बसेको छु मुग्लानमा !!
दशैँ आउँछ तिहार आउँछ उमङ्ग छैन मनमा !
दिन रात काम मा धाई बसेको छु मुग्लानमा !!
देशमै बसौँ भने पनी बेरोजगार समस्या छ !
मुटु भरी सपना सजाई बसेको छु मुग्लानमा !!
म छु यहाँ मरूभुमी आफन्त छन गाउँ घरमा !
रुदैँ कहिले मन बुझाई बसेको छु मुग्लानमा !!
हे सरकार !मलाई पनी जागिर दे नेपालमा !
पसिना का धारा बगाई बसेको छु मुग्लानमा !!
हरीहर कँडेल
No comments:
Post a Comment