
म गरिबको घरमा चुलो बल्दैन
मन्दिरमा पनि मेरो दियो जल्दैन
मेरो सामु न आऊ सबिना तिमी
मैले छोएको यहाँ पानी चल्दैन
सबिना अधिकारी
घाम लाग्छ पक्कै अहिले रात भएर के भयो त
म छु तिम्रो अरु बाट घात भएर के भयो त
मित्रताको नाता हाम्रो मजबुत होस यसै गरि
म ठुलो तिमी सानो जात भएर के भयो त
पुरन बियोग
तिमी बाहेक मेरो कोहि छैन सबिना
मैले तेसो भन्न खोजेको हैन सबिना
तिमी त भन्छेऊ सानो ठुलो जात हुदैन
तर यो समाजले बुज्दैन सबिना
सबिना अधिकारी
अशिक्षाको भुमरीमा पसेको छ हाम्रो समाज
र जातिय कुरा बोकी बसेको छ हाम्रो समाज
अब हामीले शिक्षाको जोती छर्नु पर्छ
हो साँच्ची कुसंस्कारमा फसेको छ हाम्रो समाज
पुरन बियोग
पानीको मुहान सरि संधै फुट्ने छु
सबै काम छोडेर अब यतै जुट्ने छु
यो जातिय बिभेद अन्त्य गर्नको लागी
तिमी उठ पुर्बबाट पश्चिमबाट म उठ्ने छु
सबिना अधिकारी
जातिय बिभेदको बिरुध जुटाउन सक्नु पर्छ
अनि हाम्रो बिरोधी लाई फुटाउन सक्नु पर्छ
तब हामी लक्ष्य सम्म पुग्न सक्छौ पुरन
मान्छेको सोच शिक्षाबाट उठाउनु सक्नु पर्छ पुरन
पुरन बियोग
सबैका यहाँ पुरानै रित छन सबिना
त्यही रितका बेग्लै गित छन सबिना
शिक्षाबाट सिकाउन त गाह्रो पर्छ होला
मान्छेहरु कोही अशिक्षित छन सबिना
सबिना अधिकारी
हामीले आ-आफ्नो क्षेत्रबाट बल गर्नु पर्छ
जसरी हुन्छ सुल्झाउन पहल गर्नु पर्छ
जातियताको बिरुधमा क्रार्यक्रम बनाएर
रेडियो टि.भीको माध्यमबाट छलफल गर्नु पर्छ
पुरन बियोग
दोषीले अब संजाय पाउनु पर्छ सबिना
टि.भी रेडियोमा यो कुरा आउनु पर्छ सबिना
तिमी र म मिली अब गाँऊ गाँउमा गई
सडक नाटक पनि देखाउनु पर्छ सबिना
सबिना अधिकारी
मैले भन्न खोजेकी थे यही कुरा पहिले बाट
तिम्रो साथ मिल्यो भने गर्छु पक्कै अहिले बाट
सबै कुराको बन्दोबस्त मिलाएर पुरन
भन हामीले क्रार्यक्रम सुरु गर्ने कहिले बाट
पुरन बियोग
टाढिएका साथी भाई नजिक तिर सरौ
पुर्ब देखि पश्चिम सम्म सबै लागी परौ
एकै ठाँऊमा सबैलाई बोलाएर सबिना
यो बिषयमा छलफल भोली बाटै गरौ
सबिना अधिकारी
म आउने छु तिमी पनि आउनु पर्छ पुरन
एक्लै हैन सबै जनालाई बोलाउनु पर्छ पुरन
अब हामीले जातियताको अन्त्य गरेर
गाँऊ समाजलाई भेदभाब मुक्त बनाउनु पर्छ पुरन
पुरन बियोग
सबैको मनमुटूमा छाएर आउनु
अनि सारा खुशी पाएर आउनु
एक्लै जानु हुदैन युद्दमा लड्न
संगी साथी सबैलाई ल्याएर आउनु
No comments:
Post a Comment