Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा मुक्तककार देव विरहीको संबिधान बिशेष मुक्तकहरु

चुकुप्रकाश १२ औं मुक्तक दोहोरीमा मुक्तककार देव विरहीको संबिधान बिशेष मुक्तकहरु

देव बिरही 
Chukuprakash Muktak Dohori मा हरेक महिना मुक्तक दोहोरि संचालन हुने गर्दछ |  
शनिबार र आइतबार लगातार ३३ घण्टासम्म चलेको मुक्तक दोहोरीमा एकसय ६३ जना सहभागी रहेका थिए भने ३१५० वोटा मुक्तक समय सिमा मै जम्मा भए ...
७ जनाले १०० भन्दा धेरै मुक्तक लेख्न सफल भए जस मध्य धादिङको हरिशरण अर्यालले २२५ वोटा मुक्तक लेखेर , मुक्तक दोहोरि इतिहासमा नया नाम लेख्न सफल भएका छन् |  

जसमध्ये तुलसीपुरका देव बिरहीले पनि मुक्तक दोहोरीमा आफ्नो सक्रिय भूमिका निभाएका छन् | हेरौं कस्ता थिए मुक्तककार विरहीको संबिधान बिशेष मुक्तकहरु -
मुक्तक (१)

पहिले गरिबको कॉचो चुलो बालेर देखाउ!
खरको छानो फालि टिनको हालेर देखाउ!
तब मात्रै संबिधानको कुरा गरे हामिलाई!
सक्छौ तिर्शुलिमा बालुवा चालेर देखाउ!!
मुक्तक (२)
चिल्ला कुरा धेरै सुनियो हजुरको!
तानेका सुरा धेरै सुनियो हजुरको!
संबिधान बन्ने छैन हेर्नु कदापि!
सपना अधुरा धेरै सुनियो हजुरको!
मुक्तक (३)
ढुक्क हुन होस संबिधान बनाउछौ !
पहिले हामिले टन्न सम्पति कमाउछौ !
हजुरले भने जस्तो हुने छ पक्कै संबिधान "
पहिला छोरा छोरि बिदेश पढ्न पठॉउछौ !
मुक्तक(४)
रुकुम उस्तै छ अनि खारा उस्तै छ!
गर्छु भन्यौ बिकाश बारा उस्तै छ!
संबिधान माघ आठमा लेख्छौ नेता!
भोलि भन्दै टार्ने तिम्रो पारा उस्तै छ!
मुक्तक (५)
जन्ताको पसीना चुदा पनि बनेन संबिधान!
सबैको बहुमत हुदा पनि बनेन संबिधान!!
बृद्ध बाबा आमा ति सडक मा सधै उत्रिएर!
बाल बच्चा ति रुदा पनि बनेन संबिधान!!
मुक्तक (६)
अबस्य फेरि पनि जनता उठ्नु पर्छ!
धर्णा दिएर त्यो भवनमा जुट्नु पर्छ!
संबिधान कसोरि बन्दैन हेरम साथि!
यदि बन्दै न भन्छ भने नेतालाई कुट्नु पर्छ!
मुक्तक नं (७)
बन्दुक बोक्न बाध्य नबनाउ नेता!
आफुले मात्रै रंगमञचमा नरमाउ नेता !
जनता रोएकोछ संबिधान नलेखिदा !
आफ्नो मात्रै चिल्लो कार नसजाउ नेता !
मुक्तक नं(८)
पहिले पहिले यस्तै भन्ने गर्छन नेता हरु!
भोट माग्दा पैसा गन्ने गर्छन नेताहरु!
जब पुराईन्छ उनि हरुलाई जिताएर माथि !
जनताकै खोईरो खन्ने गर्छन नेता हरु !!
मुक्तक नं (९)
अब हाम्रो सपना पक्कै पुरा हुनेछ !
माघ आठमा जरुरि केहि कुरा हुने छ!
बनेन,भने यदि हामिले चाहेको संबिधान !
हरेक जनताको हात भाला , छुरा हुनेछ !
मुक्तक नं (१०)
हाम्रो हो बास्तविक मिति तोकिएको हो!
संबिधान बनाउछौ भन्दै खोकिएको हो!
जनता यति सोझा छन भन्ने के थाहा यार !
जानेर,नै हाम्ले संबिधान लेख्न रोकिएको हो!.
मुक्तक नं(११)
अब ति ठुला सपना देखाउनु पर्दैन!
र रुख न हल्लिए पात त्यसै झर्दैन!
भयो बन्द गर संबिधानको कुरा अब!
तिम्रो बोलिले गरिबको छाक टर्दैन!!
मुक्तक नं(१२)
बालुवाटार तिमि कति धाउछौ
एकदिनको भत्ता कति पाउछौ!!
संबिधान लेख्ने को बहानामॉहानाम
देश भक्तिका गित कति गाउछौ!!
मुक्तक नं(१३)
मुक्तक लेख्नुस चार लाइन बनाएर !
चिटिक्कै पारेर सब्दहरु ति सजाएर !
संबिधान बन्छ भन्दै नलेखौ यसरि !
म त हेर्नै छोडे मुक्तक अब लजाएर!
14

भोट माग्दा बनाउछौ हामि भनेको!
खोई त नेपाल स्विटजरलेंड बनेको! 
बिर्सिदै छौ संबिधान लेख्न तिमी! 
देख्दै छु म जनताको चिहान खनेको !
15
एउटा यस्तो छोरो जन्माउछु म!
उस्तो हातमा कलम थम्माउ छु म! 
अब हाम्रा नेता ले न लेख्ने भए !
त्यहि पुत्र बाट संबिधान लेखाउछु म !
देव बिरहि :तुल्सिपुर
हाल :मलेसिया
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger