Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा हुमन पाण्डेयले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]

चुकुप्रकाश १३ औं मुक्तक दोहोरीमा हुमन पाण्डेयले राख्नु भएको केही मुक्तकहरु [ बिषय : प्रेम ]

[ २०७१ साल माघ १७ र १८ मा सम्पन्न चुकुप्रकाश बृहत मुक्तक दोहोरीमा समाबेश हुमन पाण्डेय का केही मुक्तक हरु  निम्न अनुसार छन् , जहाँ ५००० मुक्तक जम्मा भएको थियो  ]


नाम: हुमन पाण्डेय
ठेगाना: अस्लेवा ९ रामबारी गुल्मी
बुबाको नाम : तोयनाथ पाण्डेय
आमाको नाम : भगवती पाण्डेय
अंकन 
-मुक्तक क्रम 
-मुक्तक दोहोरीमा राखिएको मुक्तक क्रम 

1.
 मुक्तक ३
मनको पिडा बिसाउने तिमी भए चौतारी
सयौं जुनि साथ दिने तिमी भए दौँतरी
किन हिड्नु पथ्र्यो र बटुवा झै यसरी
गन्तव्य बिहिन भै यत्र तत्र भौतारी


2. 
मुक्तक १५
मायामा धोका हुन्छ यो पनि बुझीराख्नु
त्यसैले त मन रुन्छ यो पनि बुझीराख्नु
जति रोए कराएनी हुनेवाला केहि छैन
हाम्रो पिडा कसले सुन्छ यो पनि बुझीराख्नु


3. 
मुक्तक १९
आकसकी जुन हुन् सजाएछु मैले पनि
जाडोयामकि ऊन हुन् सजाएछु मैले पनि
लाजाउन त उनि र म असाध्यै जानेका छौ
एक नम्बरी सुन हुन् सजाएछु मैले पनि

4. 
मुक्तक २१
तिम्रो घरको आगनीमा झर्ने दिनगनी गनी
बसेको छु तिम्रो सिउदो भर्ने दिन गनी गनी
दुई मुटुको मिलन संगै जिबनको सुरुवातमा
यो दिल बाट बसाई त्यतै सर्ने दिन गनी गनी

5.
मुक्तक 26
हिजोको रात तिम्रो यादमा कसरी कटाएहोला
पोल्दा छाती दुख्दा मुटु कसरी खटाएहोला
बलिन धारा आसु मेरा बगिरहे आँखा बाट
सोच्न सक्छेउ? मैले आँसु कति घटाएहोला

6.
28 औं मुक्तक
मैनबत्ती झै यसरी घट्नुको रहस्य
रात् दिन दोहोरीमा खट्नुको रहस्य
यति सनो दिल भित्र तिम्रो त्यो तस्बिर
था छ ? सानू यो मन भित्र अट्नुको रहस्य

7.
३६ औ मुक्तक
नरुवाएनी तिमिले हसाउन सकेनौ
मेरै हौ भनी सम्झाउन सकेनौ
अधिकार मात्रै तिमिले खोजिरहेउ
ख्याल राखी कर्तव्य निभाउन सकेनौ


8.
 ३७ औ मुक्तक
माया होइन भमराले स्वार्थ पुर्ती गर्छन
एउटा वाट रस चुसी अर्को तिर सर्छन
जिन्दगी भर फुलको पछि पर्दा पनि
माया नपाइ जुनि भरी तड्पिएर मर्छन


9. 
४० औ मुक्तक
माया मन्मै कुम्साएको कस्लाई थाहा हुन्छ
सपनिमा सजाएको कस्लाई थाहा हुन्छ
मनको कुरा मनमै राखी भन्न नसके
उसले पनि चाएको कस्लाई थाहा हुन्छ


10. 
४१ औ मुक्तक
डिबोर्सका समाचार सुन्दा डर लाग्छ
झुटा यी प्यार सुन्दा डर लाग्छ
किन मेल हुने सस्तो भाउमा
मायाको ब्यापार सुन्दा डर लाग्छ



11.
४४ औ मुक्तक
घरमुनिको बाटो तिर फर्किएर बस
म आउने दिनहरु पर्खिएर बस
फक्रेको फुल पर्नै हुन्न भमराको नजरमा
अस्मिता लुट्ने बाट तर्किएर बस


12,.
४८ औ मुक्तक
आजै देखि तिमिले मलाई नरुवाउने बाचा गर
शिर माथी हात चढाई नरुवाउने बाचा गर
बाध्यता र प्रस्तिथी सबैको हुन्छ सानू
खुल्ला मनले दिई सफाई नरुवाउने बाचा गर

13.
४६ औ मुक्तक
तिम्रो माया मैले बुझ्न सकिन
दिल भित्र राखी पुज्न सकिन
माफ गरिदेउ मलाई प्रिय् तिमी
आँसुको यो झरिमा रुज्न सकिन


14.
४९ मुक्तक
हजुरको साथ छोड्न नसकेर आए
निदाए थे कतिखेर उठेर आए
भेट्दिन भन्ने संका मनमा पलायर
तछाड मछाड गर्दै दगुरेर आए

15.
५३औ मुक्तक
अलिकति हासिदेउन प्यार मिसाएर
इसारामा नाचीदेउन प्यार मिसाएर
तिम्रो त्यो कोमल मुटु भित्र सानु
मेरो माया साचिदेउन प्यार मिसाएर

अन्त्यमा चुकुप्रकाश मुक्तक दोहोरीमा आबद्द हुनुभएका सम्पूर्ण अग्रजहरुलाई धन्यवाद दिन चाहन्छु । आभारी छु जुन यो काम हजुरहरुले तारिफ गर्न योग्य गर्नु भएको छ यसले गर्दा हाम्रो साहित्य क्षेत्रमा निकै टेवा पुराउछ जस्तो लाग्छ मलाई म यो भन्दा अगाडीका दोहोरीमा सहभागी थिईन किन कि मलाई यसको बारेमा जानकारी थिएन अहिलेको यो १३ औ मुक्तक दोहोरीमा भाग लिन पाउदा निकै खुशी छु 

नोट: साहित्य क्षेत्रमा हल्का कलम चाल्दै (नव सर्जक )
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger