Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार प्रिन्स याक्खाले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार प्रिन्स याक्खाले राख्नु भएका केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार प्रिन्स याक्खा ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ... 


प्रिन्स याक्खा
संखुवासभा
हाल -अफगानिस्तान ।


मुक्तक   १ 

म बसेको छु अधेरो मा खोला बगेको छ
कोशि बाट अरुण जस्तो भारत लगेको छ
के भनौ र देशको ब्याथा पानी पानी भएर नि
भए जति खोला नाला बेचेर नै सकेको छ।

मुक्तक   २ 
आउनुस हाम्रो आवाज बडाउनु पर्छ
नेपाल मा लोडसेटिङ घटाउनु पर्छ
देश बिकासको नाममा भ्रस्टाचार भो
यो क्रम लाई निर्मुल पारी हटाउनु पर्छ।
मुक्तक   ३ 
पानी नभए पनि खाडि मुलुक बलेका छ
हाम्रो देशमा भने खोलै खोला बगेका छ
जलस्रोतको दोस्रो धनी देश भएर के गर्ने
नेपाल भने अध्यारोको पिरले जलेका छ

मुक्तक   ४ 
किन होला लोडसेडिङ को निकास भएन
दुनियामा नेपाल मात्रै किन विकास भएन
सबै दोषि नेता नै हो यती मात्रै बुजेको छु
यसै कारण कोही नेताको विश्वास भएन ।

मुक्तक   ५ 
लोडसेडिङ भाको हैन यो बनाइएको हो
सत्ता पुग्न जानी जानी गराइएको हो
नेता यति भ्रष्ट छन कि आफू बन्नलाइ
योजना र बिकास पर सराइएको हो।

मुक्तक   ६ 
मुक्तक बाट लोडसेडिङ को निकास।
हाम्रो देश नापालको तमाम बिकाश।
सम्भव छ केबल मुक्तक दोहोरी बाट
मात्रै हुन्छ लिएको छु यो विश्वास ।

मुक्तक   ७ 
पानी भारत तरे पछि
हाम्रो आशा मरे पछि
नेता झनै खुसि भए
लोडसेडिङ बडे पछि।


मुक्तक   ८ 
नेपालको पानी सबै सिमापारी पठाएर
बिकास गर्छु भन्छ लोडसेडिङ घटाएर
यिनका कुरा सुन्दा रौँ ठाडा हुन्छ गाठे
मार्नु जस्तो लाग्छ घाटिमा पासो लगाएर।

मुक्तक   ९ 
धेरै कोसिस गरेकै हो मैले
देशको सेवामा परेकै हो मैले
लोडसेडिङले कति घोचिरह्यो
घर छोडि कतै सरेकै हो मैले।

मुक्तक   १० 
चाहेको बेला साथ हुदैन
लड्दा थाम्ने हात हुदैन
लोडसेडिङ हटाउ भन्दा
सबैको एउटै बात हुदैन।

मुक्तक   ११ 
पानी जति यहाँ बगेर गयो
बिदेसि ले सबै लगेर गयो
हाम्रो पानी हाम्लाई बेचेर
पैसा जति सबै ठगेर गयो।

मुक्तक   १२ 
भ्रष्टहरु मार्ने अभियान चलाउछु म
जरै देखि खोतलेर जलाउछु म
लोडसेडिङले निकास पाउछ भने
आफ्नै छाति अचानो बनाउछु म

मुक्तक   १३ 
ब्राजिल पछिको नेपाल
के गर्नु त्यो डाफेँ मुनाल
लोडसेडिङ को मार छ
पानी को मुहान हिमाल।

मुक्तक   १४ 
विचारको कोलाहल वाण बोकेर
पर्खे लोडसेडिङको भार बोकेर।
विकास गर्ला बत्ति आउला भनि
कति बसौं हेपिएको प्राण बोकेर।


मुक्तक   १५ 
हामी सबै नेताको भर परेर हो
सधै उसैलाई विश्वास गरेर हो
मैले भने जति पढ्नु नपाएको
लोडसेडिङ ले समय हरेर हो।

मुक्तक   १६ 
पानी बगेर गयो
रात विहान भयो
बत्ति पर्खि बस्दा
यो मन दुखि रह्यो

मुक्तक   १७ 
समस्या हरु सबैको एउटै भाको छ
बत्ति आउदा लाग्छ देऊतै आको छ
अध्यारोमा छोरो रुन्छ,छोरी अर्को तिर
लोडसेडिङले मनमा ठूलो पिर लाको छ।

मुक्तक   १८ 
नेपाल पानीको धनी देश सोध्छन बिदेशी ले
बार बार के के कुराले घोच्छन बिदेशी ले
नेपाल को भन्नू पनि सरम लाग्छ मलाइ
अध्यारोको कारणहरु खोज्छन बिदेशी ले।

मुक्तक   १९ 
छोरीको यहाँ अस्मिता लुट्यो बत्तिले गरेर
जीवन कालो अन्धकार नै भयो पापीले हरेर
लोडसेडिङ यति नभाको भए यो सबै हुन्थेन
यस्तै भन्दै आमा रुन्छिन लम्पसार परेर।

मुक्तक   २० 
देशको विकास गरेन
भ्रष्टहरु खै किन मरेन
वार वार मन्त्री हुदा नि
लोडसेडिङ कैले झरेन।

मुक्तक   २१ 

छुट्टि आयो घरमा भने बत्तीको छ चिन्ता
काहा खाने होला दारु भट्टी को छ चिन्ता
लोडसेडिङ ले पिर्नु पिरेको छ यहाँ सबैलाई
कोहि कोहि लाई भने कत्रो गद्दीको छ चिन्ता ।

मुक्तक   २२ 
सिनेमा हेर्नू जाने हाम्रो सल्ला हुदै थियो
माया को भरखरै हाम्रो चल्ला हुँदै थियो
लोडसेडिङले गर्नु गर्यो सपना चकनाचुर भो
गाऊ भरि हाम्रै मायाको हल्ला हुदै थियोे ।

मुक्तक   २३ 
कुनै घरमा चोरी भयो कालो रातमा
भाला चक्कु खै के थियो चोरको हातमा
हेरुँ भनी बत्ति बाल्दा लोडसेडिङ रैछ
रुदै रुदै लास पोल्न गइयो घाटमा।

मुक्तक   २४ 
विजुलि दिन्छु भनेर जनता ढाट्ने हरु
सोझा जनता लाई झुटा सपना साट्नेहरु
लोडसेडिङ को समय किन बडाउदै छन
जन्मि सके अब यस्ताको शिर काट्नेहरु।

मुक्तक   २५ 
देश बिकास नभएर बत्ति नआको
कुन दिन होला देशमा बत्ति नगाको
लोडसेडिङ को मारले सार्है सतायो
अझै पनि नेताहरु लाई सरम नभाको


मुक्तक   २६ 

हाम्रै सोजो पन् को फाइदा उठएर
माथि पुगे हामिलाइ सिंडि बनाएर
न देश बनाए न लोडसेडिङ नै घटाए
डाडा कटाउँ नेतालाई लगाम लगाएर।

मुक्तक   २७ 
नेपाल जान्छु लोडसेडिङको नारा लागाउछु।
देश बिकासमा सबैको अभिभारा दर्शाउछु
काइतेहरु कुर्सी मै सधैं लिप्त भएका छन
प्रत्येक घरमा बत्ति अनि धारा पुर्याउछु

मुक्तक   २८ 
जनता सधै बेकरार हुन्छ बत्ति नपाएर
जस्तै सारवी तड्पिरहन्छ भट्टि नपाएर
सधैं बहानामा टार्न मात्रै खोज्यौ नेता
तिमलाई पनि उस्तै बेचैन गद्दी नपाएर।

मुक्तक   २९ 
आउनु भन्दा छिटो बत्ती जान्छ नेपालमा
लोडसेडिङ को तालिका पो बन्छ नेपालमा
कैले बिकास कैले सक्षम हुने यस्तो चालाले
महिनौ सम्म देश अँध्यारो रहन्छ नेपालमा।

मुक्तक   ३० 
मेरै घर छेउ बाट विजुली निकालिन्छ
बदलामा लोडसेडिङ को चार्ट देखाइन्छ
पानी बेचेर अनि खोला सबै बेचेर पनि
उत्पादन सबै अर्कै देश तिर पठाइन्छ।

मुक्तक   ३१ 
नेताको बत्ति ल्याउनु पर्छ
हाम्ले नि बाल्न पाउनु पर्छ
हैन भने नेताहरू पनि सबै
अधेरी रात मै रमाउनु पर्छ।

मुक्तक   ३२ 
मेरो देश सम्झिएर पधेरीमा रोए
हिजो मात्रै किनेको घडेरीमा रोए
हिड्दै थिए बत्ति गयो अंधो भए
मुटु गाठोँ पारेर म अधेरीमा रोए।

मुक्तक   ३३ 

साह्रै लाचार सरकार छ
बिजुलि को हाहाकार छ
देश अँध्यारो मा डुबाएर
महासयको जयजयकार छ।

मुक्तक   ३४ 

सुस्ता बेचेर काला पानी बेचेर
नियत बस हैन जानि जानि बेचेर
अध्यारोमा यो दुर्गति दिनु थियो
खुशी भयौ र ? सुन खानि बेचेर।

मुक्तक   ३५ 

काम नगर्ने कै ठूलो पाटी छ
कोहि रुदा हास्ने परीपाटि छ
लोडसेडिङको नाममा घोटला
ठूलो सानो कुन छाटि छाटि छ।

मुक्तक   ३६ 

बिचारको वाण दिनु पर्छ
परेमा यो प्राण दिनु पर्छ
सधैं लोडसेडिङ हुन्छ किन
नेताले नै प्रमाण दिनु पर्छ।

मुक्तक   ३७ 

आउनुस सबै मिलेर आवाज उठाउँ
देश बिकास गर्नलाइ साधन जुटाउँ
लोडसेडिङ हटाएर झलमल्ल नेपाल
जलस्रोतको धनी भनी विश्वमा चिनाउँ

मुक्तक   ३८ 
नेपाली जनता हुनुको विडम्बना
नेताहरु को मनकै ठूलो चाहना
जलस्रोत धनी देशमा अध्यारो
यति धेरै छन र पनि संभावना।

मुक्तक   ३९ 
हाइड्रोपावर बनाएर बत्ति जलाउछु
अरुण३ बनाएर लोडसेडिङ हटाउछु
घर घरमा झलमल्ल बिजुली जताततै
मट्टीतेल किन्ने देशको पैसा बचाउछु।

र  यो  पनि 
मुक्तक   ४० 

लोडसेडिङ को निकास खोज्न दोहोरीमा आको
कति धेरै हेर्न मन छ नेपालमा बिकास भाको
जलस्रोतको धनी देश खिल्ली उडेका छन
सरोकारवालाहरु सबै झुटा सफत मात्रै खाको।


प्रिन्स याक्खा
संखुवासभा
हाल -अफगानिस्तान ।


[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथवा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |





Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger