Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार रतन 'राज' पुन को केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं बृहत मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार रतन 'राज' पुन को केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार रतन 'राज' पुन ले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ... 


मुक्तक    १ 

रतन 'राज' पुन
झाप्रा ५,जाजरकोट
हाल: क्वालालम्पूर, मलेशिया!
अझ पनि अन्धकारमा कति बस्नु यार
लोडसेडिङ महामारमा कति बस्नु यार
महिना दिन नपुगेरै कर मात्र उठाउँछन
यस्ता,यस्ता बजारमा कति बस्नु यार

मुक्तक   २ 
सरकार उस्तै भएर लोडसेडिङ् भईरह्यो
हिजो पनि आजपनि बत्ति सँधै गईरह्यो
पढ्नु,लेख्नु कसरी अन्धकारमा हामिले
यसरी यहा लोडसेडिङले नै सताईरह्यो

मुक्तक   ३ 
जे गरेनि पुरानै यो लालटिन काम लाग्छ
बत्ति आउने हैन त्यसै दपनदिनै दाम लाग्छ
खै के हो नेपालको हाल कुरा बुझिएन
लोडसेडिङ मै ज्यून कसलाई आराम लाग्छ

मुक्तक   ४ 
खान पनि खान पाउन्न दुःख धेर लाग्छ
बत्तिलाई पर्ख्यो भने धेरै अबेर लाग्छ
कसोगरि बाँच्नु हऊ सुख कतै छैन यार
लोडसेडिङ हुन्छ अनि त मच्छेर लाग्छ


मुक्तक   ५ 
अन्धकार बिषयमा उठाऊँ अब आवाज
यस्तो लोडसेडिङमा गर्न सकिदैन राज
उठ गाँउ,उठ समाज वस्ति,वस्ति उठ
नारा लगाउँ आज बरु छोडौ काम काज

मुक्तक   ६ 
बत्तिको भर नपरि किनौ अब सोलार
केहि हल्ला नगरि किनौ अब सोलार
चौबिस घण्टा लोडसेडिङ हुन्छ भने
पछि कत्ति नहरि किनौ अब सोलार

मुक्तक   ७ 
जलस्रोतको धने देश खैके भन्न मन लाग्छ
किन फेर्छ हरेक भेष खैके भन्न मन लाग्छ
लोडसेडिङ ले अन्धकारमा बस्नुपर्ने अबस्थामा
फूलिसके दाह्रि केस खैके भन्न मन लाग्छ

मुक्तक   ८ 
मुखले मात्र बोल्छौ तिमी जुट्ने कहिले हो
समाजीक यो आवाज बोकी उठ्ने कहिले हो
अन्धकारमा कैदिसरी बाँचिरा छ जिन्दगानी
लोडसेडिङको जामबाट छुट्ने कहिले हो

मुक्तक   ९ 
आज जस्तै झिलिमिली सँधै भाको भए
बत्ति पनि लोडसेडिङ्मा नगै आको भए
कति खुशि हुन्थ्यौ होला हामि गरिबहरु
अन्धकारका दिनहरु सबै गाको भए

मुक्तक   १० 
पहिलो दिनमा जताततै सहमत हुन्छ
भोलिपल्ट तयार हुदा ब्यक्तिगत हुन्छ
अध्याँरामै छोरी बलात्कार हुन्छिन
तर बाऊ तिर कै पक्षमा अदालत हुन्छ

मुक्तक   ११ 
महिना नपुगि उठाए कर ठगुवाहरुले
झलमल आफ्नै बनाए घर ठगुवारुले
मलाई अचेल नमज्जा लाग्छ यो बानी
भाषणमात्र बाकसे शहर ठगुवाहरुले

मुक्तक   १२ 
यस्तै छ देशको हालत लोडसेडिङ हुन्छ
अँन्धकारमा गरिबका सन्तानहरु रुन्छ
किन कुरा बुझ्दैनस् भन् न ए सरकार
सरकारबाहेक हाम्रा कुरा कसले पो सुन्छ

मुक्तक   १३ 
मुखले राम,राम बगलिमा छुरा भएपछि
सोचेका सपना सबै नै अधुरा भएपछि
खै कसरी पो देश बिकाश गरिएला र
आफ्नै भाग्य रेखा हरु टुहुरा भएपछि

मुक्तक   १४ 
विच,विचमा आईपर्छन धेरै बाधाहरु
अँध्यारो मा हिडियो बिझे काँडाहरु
बत्ति आउने आशा बोक्दै कुरिरहे म
नसुतेरै एकोहोरो भए मेरा आखाहरु

मुक्तक   १५ 
काठमाण्डौको तगारो छ हाम्रो जाजरकोट
बत्ति आउन अप्ठ्यारो छ हाम्रो जाजरकोटमा
न समाजका मान्छे जुट्छन न त कुरा गर्छन
त्यहिभएर त अँध्यारो छ हाम्रो जाजरकोटमा

मुक्तक   १६ 
टि.भि पनि हेर्न पाईन बत्ति गएदेखि
हिजो साँझैबाट लोडसेडिङ भएदेखि
न गृहकार्य छ,न त ऊज्यालो नै छ
के रह्यो र अव उँज्यालै नरहएदेखि

मुक्तक   १७ 
बत्ति आउने जाने कति हुन्छ कति
लोडसेडिङ २४ घण्टे झन कति कति
अँधेरी रातमा,लाईट हुन्न यि हातमा
कहिलेकाही झ्याप्प आईदिनुनी बत्ति

मुक्तक   १८ 
पैशा विना केहि छैन त्यो पनि थाह छ
सोलार हुनेहरुमाथि सरकारको डाह छ
अन्धकारमा बाँच्न लाउने सरकार नै हो
हामलाई भने झिलिमिली शहरको चाह छ

रतन 'राज' पुन
झाप्रा ५,जाजरकोट
हाल: क्वालालम्पूर, मलेशिया!

[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा  भएको मुक्तक को केहि अंश हो ] 


मुक्तक दोहोरीमा  भाग लिन अथावा मिठा मिठा मुक्तक दोहोरी पढ्न / सुन्न  हामि संग जोडिनु होला |



Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger