Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राजेश पाठक प्याशी आत्माको केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार राजेश पाठक प्याशी आत्माको केहि मुक्तकहरु

चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा  मुक्तककार राजेश  पाठक  प्यासी  आत्मा  ले  राख्नु भएका मुक्तकहरु  मध्येबाट    केहि मुक्तकहरु निम्न अनुसार थिए ...  

मुक्तक      १  


राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरेबिया
भात पकाउँ त बत्ती छैन घर भित्र पसी
रिस कति सहनु हो अँध्यारोमा बसी
पुग्छ कि त संदेश मेरो सरकार सम्म कतै
दुई चार वटा लेख्छु मुक्तक घोडा धसी धसी !!!

मुक्तक     २ 
लौन हजुर आपत पर्यो लोडसेडिङले गर्दा
भुइँतलामा पुगेछु म भर्र्याङ् बाट झर्दा
काम धन्दा चौपट्टै भो कसरी पार लाउने ?
खुसी हुन्छन् प्राधिकरण भौचर मात्र भर्दा !!

मुक्तक     ३ 
जलश्रोतको धनी देशमा सधै अन्धकार छ
साँझ पर्न नपाउदै चोरीको ब्यापार छ
अँध्यारोमा मेरी आमा रुँदै भात पकाउछिन्
नेता ज्युलाई पैसै मात्र धुत्नको हतार छ !!

मुक्तक     ४ 
अँध्यारोमा पढ्न लेख्न मुस्किल भएपछि
पिरै पिरले थाकेर मन शिथिल भएपछि
मुक्तकबाट आन्दोलन गर्न आएको हुँ म
सबै साथीभाइको यही अपील भएपछि !!


मुक्तक     ५ 
महिनैपिच्छे भौचर भने बढी बढी आउने
कसोगरी तिर्नु पैसा उज्यालो नपाउने
के हो ? भन चर्तीकला प्राधिकरणको
भुक्तानीमा ढिलो हुँदा जरिवाना लाउने

मुक्तक     ६ 
चिसो छ चुलो पाइएन ग्यास दाउरा के लगाउँ
श्रीमती भन्छे उज्यालो छैन कसरी भात पकाउँ
धनीको घरमा इन्भ्टर छ गरीबको दियालो
चलेसी हावा दियालो निभ्छ के गरि म बचाउँ !!

मुक्तक     ७ 
छोरी भन्छे अँध्यारोमा क्यारी पढ्नु बाबा
जलश्रोतका मन्त्री छन् मेरा आफ्नै काका
हामीले बत्ती पाउनुपर्यो भन्न गएको थिएँ
कुरै गर्न दिएनन् गाठे उठाए झन् भाँटा !!

मुक्तक     ८ 
कत्ति सहनु जनताले हानी मन परेन
सधै घुसै माग्ने तिम्रा बानी मन परेन
अझै दुधको साक्षी बन्छौ चोर बिरालो
भारतलाई बेचेको त्यो पानी मन परेन

मुक्तक     ९ 
सफल कार्य जनताले सोच्न नजानेर धोका पाए
उही बेलामा असल नेता रोज्न नजानेर धोका पाए
प्राधिकरणका हाकीम अनि जलश्रोतका मन्त्री
सबै एकै ठाउमा राखी ठोक्न नजानेर धोका पाए

मुक्तक     १० 
देशको सिरोभारो दिनु काम लगातार गर्छु
झीलीमीली पार्छु देशमा अन्त्य अन्धकार गर्छु
सबैजना मिलेर मलाई साथ दिने हो भने त
देशको सेवा गर्न अब नेता बन्ने बिचार गर्छु !!

मुक्तक     ११ 
सबै मिली अन्धकार हटाउँ भन्न खोजेको हो
उज्यालोमा हाम्रो देश सजाउँ भन्न खोजेको हो
मेलमिलापमा के हुँदैन? पत्थर पनि गाल्न सक्छौं
अन्धकार मुक्त राष्ट्र बनाउँ भन्न खोजेको हो !!

मुक्तक     १२ 
पुराना ती नेताको शिर झुकेपछी मात्र
आँसुलेनै खोलामा बाँध फुटेपछी मात्र
अवस्थनै यो देशमा हुनेछ उज्यालो
प्याशी आत्मा सरकारमा पुगेपछि मात्र

मुक्तक     १३ 
सिँउदो भर्या होला भन्या खाली परीछिन्
के को गोरी हुनु हजुर काली परिछिन्
लोडसेडिङले कत्ति आपत परेको मलाई
बुढी भनी तानेको त साली परिछिन् ॥

मुक्तक     १४ 
सबैले भोट देको भएपो जीत हुन्थ्यो मेरो
अन्धकारको अन्त्य गर्ने गीत हुन्थ्यो मेरो
यस्तो गर्थेँ कार्य देशमा सबै छक्क पर्थे
पौरख देखी दुश्मन पनि मीत हुन्थ्यो मेरो

मुक्तक     १६ 
जतीनै भने पनि त्यो पत्थर गल्दैन के गरुँ
हाम्रो शहरमा उज्यालो बत्ती बल्दैन के गरुँ
जनताको सेवक मिलेर पानी बेचेर सिध्याए
छ मिटर बाक्सा भित्तामा तर चल्दैन के गरुँ ।।

मुक्तक     १७ 
सधैभरी बिचिएको हामी मिसावट बाट
कमी त थिएन भौगोलिक बनावट बाट
सबै बेच्न पल्केका छन् देशको खोलानाला
कसले गर्छ बचत यहाँ गिरावट बाट !!!

मुक्तक     १८ 
के हुन्न र मित्र यहाँ बिचार गरेपछि
संघर्षका मैदान हरु पार गरेपछि
उज्यालो हुनेछ अँध्यारो यो बस्ती
मुक्तक बाट दरो सँग प्रहार गरेपछि !!

मुक्तक     १९ 
किन गर्छौ सरकार सँग रिस राग हरु
पूरा गर्छु भनेकै छु तिम्रा सबै माग हरु
झलमल पार्छु शहर तिमी आफै दंग हुन्छौ
प्रसंसाले धुनेछु म कालो मैलो दाग हरु !!

मुक्तक     २० 
सुन्दर हुन्छ शहर अनि सुन्दर हुन्छ गाउँ बस्ती
यसरी आवाज उठाएको थिएन र पो हिजोअस्ति
सबै तिर झलमल बत्ति बालि दिनेछौं हामी
मैले सरकार चलाएपछि गर्छन् जनताले मस्ती

मुक्तक     २१ 
मलाई पनि उज्यालो नै खास चाहिएको छ
मध्यरातमा हिड्न मिल्ने आभाष चाहिएको छ
हुन्छ पूरा हाम्रो सपना निश्चिय पनि अब
मात्र सबै साथीहरूको बिश्वास चाहिएको छ

मुक्तक     २२  
नेपालमा हमीले केही गरि देखाउन पर्यो अब
लोडसेडिङको नाम निशान मेटाउन पर्यो अब
प्रतिबद्धता जनाएर सबैजना लागि परौं
प्राधिकरणको कार्यालय घेराउन पर्यो अब

मुक्तक     २३ 
मिलीजुली काम गर्ने साथ नपाएर
पसेँ बिदेश सहयोगी हात नपाएर
देश उज्यालो बनाउन लड्दा लड्दै म
निराश भएँ कसैको नी आँट नपाएर

मुक्तक     २४  
लोडसेडिङ अब अन्त्य गर सरकारलाई भनौं
घटाउन नै पर्छ महसुल दर सरकारलाई भनौं
कसरी हुन्छ के गरि हुन्छ उज्यालो चाहियो
झलमल पार्न पर्यो शहर सरकारलाई भनौं !!

मुक्तक     २५ 
जनता जगाउंदै तपाई हामी एकजुट बनौं।
लोडसेडिङ को बिरुद्ध मा उत्रीनलाई भनौं।
सरकारी अत्याचार सहेको धेरै भईसक्यो।
आफू हिंड्ने बाटो हामी सबै मिलेर खनौं।

मुक्तक     २६ 
दुख र पीडा बोल्न आयौ मुक्तक दोहोरीमा
दुई चार अक्षर कोर्न आयौ मुक्तक दोहोरीमा
यही नाराले लोडसेडिङको अन्त्य गर्नुपर्छ
भन्दै संदेश छोड्न आयौ मुक्तक दोहोरीमा !!

मुक्तक     २७ 
अब नजीक भएका ती साथीलाई नी भन्ने गरौं
जहाँ बाट सकिन्छ त्यही बाट अघि बढ्ने गरौं
यो अभियान पूरा हुन्छ अब बस्छौँ उज्यालोमा
मुक्तककारले नारा लेख्छ दर्शकले चै पढ्ने गरौं

मुक्तक     २८ 
लुटिएका छन् नर र नारी झम्के साँझमा
बढ्याछ धेरै चोरी चकारी झम्के साँझमा
लोडसेडिङ त्यही बेला हुन्छ यहाँ सधैभरी
सुरु हुन्छ मारामारी झम्के साँझमा !!

मुक्तक     २९ 
चोटिला यी मुक्तकमा धार बनाएर
लड्नुपर्छ अब एउटै बिचार बनाएर
मागेर त के पाइन्थ्यो देशमा उज्यालो
खोस्नुपर्छ जनताको अधिकार बनाएर

मुक्तक     ३० 
टोल र छिमेक बैरी झैँ बनी त्यो मध्य रातमा
लुटेर हिडे अस्मिता पनि त्यो मध्य रातमा
अँध्यारो थियो गाउँ र बस्ती चिनिनँ मैले त
छातीमा छुरी रोप्दिए अनि त्यो मध्य रातमा


मुक्तक     ३१ 
झारेर आँसु रुँदैछिन् आमा छोरीको लास देखि
प्राकृति पनि रोयो त्यो बेला मान्छे निराश देखी
उज्यालो यदि थ्यो भनी त्यहाँ हत्यानै हुन्थेन
कसरी चित्त बुझाउनु मैले उन्नति नास देखि !!

मुक्तक     ३२ 
सुन ए साथी सुन ए दर्शक \\ सुन यो कहानी
अँध्यारो रातमा कसरी लुट्यो चेलीको जवानी
लोडसेडिङ हुँदा उज्यालो थे'न गोरेटो सुनसान
पोसाक धारी पुलिसलेनै मेट्यो नाम निशानी !!

मुक्तक     ३३ 
यो देशमा लोडसेडिङ हजुरलाई कस्तो लाग्यो
मलाई भने प्रसाशनको लापरबाही जस्तो लाग्यो
महिना मर्ने साथै आउछन् भौचर बाढ्दै बाढ्दै
मिटर बाकस राख्नु भन्दा टुकी बाल्नु सस्तो लाग्यो

मुक्तक     ३४ 
आवेसमा आउन हुन्न दिमाग तताएर
सुस्तरीमा गरौं सल्लाह बिचार बढाएर
हट्छ अब लोडसेडिङ अन्त्य हुन्छ साच्चै
चम्किने छ सुन्दर नेपाल ज्योति उचालेर !!

मुक्तक     ३५ 
के लेखेँ लेखेँ मुक्तकमा आज भावलाई बिगारी
काँ छुट्यो छुट्यो पाइन खोज्दा शब्दको चिनारी
अभियान थियो अँध्यारो हटाइ उज्यालो ल्याउने
सयौं चोट हाने शब्दको बाण ढलेन सिकारी !!

मुक्तक     ३६ 
कुरेर बस्छु चुकुको वालमा\\ प्रतीक्षा गरेर
रातभरी तिम्रै मुक्तकका शब्द \\ महिमा गरेर
बिहानै आउन ल मेरो मित्र \\ सुर्य नझुल्कदै
अँध्यारो हटाई उज्यालो ल्याउने प्रतिज्ञा गरेर

मुक्तक     ३७ 
एकाअर्कामा चर्चारुपी बात गर्नेछन्
दुनियाँ सबले हामीलाई याद गर्नेछन्
दोहोरीकै माध्यमबाट अन्त्य हुदा रात
चुकुलाई कतिपयले स्याबास गर्नेछन् !!

मुक्तक     ३८ 
चिन्ता नलेउ म देखाउछु तिम्रो जीत गराएर
ज्योति छर्छु उज्यालोको लोडसेडिङ घटाएर
अब धेरै धैर्य गर्नु \\\ पर्ने छैन कसैले पनि
फकाउछु मनाउछु बैरीलाई मीत लगाएर !!

मुक्तक     ३९ 
हिजोसम्म जनतालेनै चाँसो नदेखाउदा
प्रमुख ठाउँमा विद्युतको खाँचो नदेखाउदा
यस्तो बिडम्बना सहन गर्न परेको हो मित्र
मुटु भित्र लागेको ती घाउ आलो नदेखाउदा

मुक्तक     ४० 
लुटेरालाई छोड्नु हुन्न कट्घरामा बान्नुपर्छ
मुक्तकको हतियार बनाई गर्दनमा हान्नुपर्छ
आफै लागौँ आफ्नो देश उज्यालोमा बदल्न
उपयुक्त उपायहरु खोजी खोजी छान्नुपर्छ

मुक्तक     ४१ 
लोडसेडिङ बढ्दै गाछ नेपालमा दिन
खाँचो बत्तीको झनै बढ्यो यसरी किन
पानी छ फेरीपनी सदुपयोग छदैछैन
नजानेर हो कि क्या हो फाइदाहरु लिन

मुक्तक     ४२ 
कडा ढुङ्गा मिसाएको \\ सरकार मास्नलाई
ज्योति फैलाई अन्धकारको बजार मास्नलाई
यति कुरा पनि तिमीले बुझिनौ र नानू काली
भ्रष्टाचारले भरिएको यो संसार मास्नलाई !!

मुक्तक     ४३ 
जहाँसम्म सक्छु मैले साथ दिनेछु
हात माग्नुहुन्छ भने हात दिनेछु
जे जे गरौं भन्नुहुन्छ गरौं भन्छु म
अन्धकार हटाउन आँट दिनेछु !!

मुक्तक     ४४ 
कसैले यहाँ साथ नदिँदा रोएको छु रुनलाई
हगाई भन्दा पदाई ठूलो हुदोरहेछ हुनलाई
आफ्नै थिए काका मामा विद्युतमा कर्मचारी
घुसको बिटो पाएपछि बिर्से एउटै खुनलाई

मुक्तक     ४५ 
कर्मचारी हरुको राम्रो काम नभएर
योद्धाहरुको त्यो सूचीमा नाम नभएर
जनताले झेल्नुपर्या अन्धकारको साँझ
यिनलाई हत्कडी लाउने फलाम नभएर

मुक्तक     ४६ 
गाउँ शहरमा टाँगिएको बिजुलीको तार छ
उर्जा शक्ति अन्तै बेच्ने बिचित्र संसार छ
गर्छे मेरी श्रीमतीले सधै यही गुनासो
भात पकाउन भित्र पस्दा घरै अन्धकार छ

मुक्तक     ४७ 
अँध्यारो हाम्रो गाउँ र बस्ती उज्यालो बनाउन
दोहोरी बाट सक्छौं त दाजु लोडसेडिङ घटाउन
छन् भ्रष्टाचारी देशमा धेरै स्वार्थमा डुबेका ,
के गर्ने होला उपाय भन्नू यिनलाई पार लगाउन

मुक्तक     ४८ 
आन्दोलनको प्रस्ताव गर्या मन रोएरै हो
सबैले यहाँ लगाव गर्या मन रोएरै हो
हुन्छ कि त अन्धकारको अन्त्य कतै भनी
नारा लाउन दबाब गर्या मन रोएरै हो !!

राजेश पाठक प्याशी आत्मा
गजुरी ५ धादिङ नेपाल
हाल साउदी अरेबिया
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger