शिव सुवेदी
शान्तीनगर एक
जुनेली बस्ती
झापा
अचेल :- मलेसिया
|
मुक्तक १
अध्यारो छ बाटो घाटो छाम्दै छाम्दै आए ।
लडिन्छ कि भनी पाउ थाम्दै थाम्दै आए ।
गोठबाट हतार गरि यहि दोहोरी मा ।
लोडसेडिङका पीडा हरु गाम्दै गाम्दै (गाउदै-गाउदै) आए ।
मुक्तक २
हिजो आज अस्ति सम्झि रोएको हुँ
महल र मोज मस्ती सम्झि रोएको हुँ
यता राजधानी छ सधै झिलिमिली
उता मेरो बस्ती सम्झि रोएको हुँ ।
मुक्तक ३
तिमिलाई बिजुली त्यो अपार छ महोदय ।
भित्र भित्रै कालो तिम्रो बजार छ महोदय ।
नालापानी,कालापानी,बेचिसक्यौ मेलम्ची नी ।
गाउँ बस्ती हेर कस्तो हाहाकार छ महोदय ।
मुक्तक ४
बिकासमा यति धेरै बाधा भएको छ ।
देशकै बार्षिक आम्दानी घाटा भएको छ ।
देखे पनि नदेखे झै किन बन्छस सरकार ??
लोडसेडिङले भबिस्य नै सादा भएको छ ।
मुक्तक ५
हातेमालो गरि पत्थर गाल्न सके देश बन्छ ।
निभेका ती चुला चौका बाल्न सके देश बन्छ ।
कति खप्नु लोडसेडिङजस्ता महामारी यहाँ ।
विध्यमान यी संकटहरु फाल्न सके देश बन्छ ।
शिव सुवेदी
शान्तीनगर एक
जुनेली बस्ती
झापा
अचेल :- मलेसिया
[ माथिका सम्पूर्ण मुक्तक हरफहरु - चुकुप्रकाश १४ औं मुक्तक दोहोरी मा भएको मुक्तक को केहि अंश हो ]
बिवरण
मुक्तक दोहोरीमा भाग लिन हामी संग रहनु होला |
No comments:
Post a Comment