Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » लामिछाने राम को नेपाली कविता

लामिछाने राम को नेपाली कविता

[ डाक्टर गोबिन्द के.सि. को समर्थन गरौ। ]

लुट्न के नै बाँकी रह्यो र हजुर,
बल हुनेले गोजिको पैसा लुटे !
छल गर्ने ले अर्काको घरजग्गा लुटे !
अनेक बहाना बनाएर यहाँ,
नेता बनेर देशको ढुकुटी लुटे !
कसैले पानी लुटे !
कसैले जवानी लुटे !
कसैले झुटा बकबास सुनाएर
जनताको सपना लुटे !
कागज मा पुल बनाएर
बिकास को मुल लुटे !
कागज मै रेल कुदाए,
कागज मै गाडी गुडाए,
कागज मै जहाज उडाए,
कसैले कुदाउने बहानामा लुटे !
कसैले गुडाउने बहानामा लुटे भने,
कसैले उडाउने बहानामा लुटे !
कहाँ कहाँ सहने ?
कति सम्म सहने ?
कहिले सम्म सहने ?
लुट्न के नै बाँकी छ र हजुर !
हामिलाइ भाग्य मात्र लुटेको भए
बाध्य भएर सहिन्थ्यो होला !
हेर्नुहोस त हाम्रो सास लुट्न
कसाइ उत्पादन गर्दै रहेछन !
कहिँ कलेज को नाउँमा,
कहिँ अस्पताल को नाउँमा,
हामी आज सम्म बेखबर थियौ !
ती सेता बस्त्रधारी कसाइका छुराले
हामी निर्बाध काटिँदा रहेछौ !
दबाइका नाउँमा बिष खुवाएर हामिलाइ,
निर्बाध हाम्रो घरबार लुटिरहेका रहेछन !
स्वेतबस्त्रधारी कसाइहरु चक्कु लिएर
हामिलाइ लठ्याएर निर्बाध रुपमा
हाम्रा अङ्ग काटिरहेका रहेछन !
काट्न त काटे तर निर्बाध अङ्ग लुटेर
हतियार हाम्रै शरीर भित्र
निर्धक्क कैद गरिरहेका रहेछन !
हामिलाइ लुट्न के के गरेनन !
कसाइ उत्पादन गर्न
छुट दिएर निर्बाध लुट्नेहरु
अरु कोहि नभएर
हाम्रै महामहिमहरु रहेछन !
कसकसले लुट्ने !
कसकसलाइ लुटाउने !
आवाज उठेको छ आज,
होस्टेमा हैसे गरेर
आफ्नो र आफ्ना सन्ततिको
रक्षा गर्न जुट्ने पो हो कि अब ।

Lamichhane Ram
लामिछाने राम
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger