Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » चुकुप्रकाश बृहत मुक्तक दोहोरीको १५ औं भागको तयारीमा मुक्तककारहरु व्यस्त - जो कसैले पनि भाग लिन मिल्ने

चुकुप्रकाश बृहत मुक्तक दोहोरीको १५ औं भागको तयारीमा मुक्तककारहरु व्यस्त - जो कसैले पनि भाग लिन मिल्ने

केहि दिन अगाडि चुकुप्रकाश बृहत मुक्तक दोहोरी युनिटले १५ औं भागको लागि  सुचना प्रकाशित गर्यो | सुचना बाहिरिए लगतै मुक्तककार हरुको जोश अझै बढेको पाइएको छ | आउदै गरेको नयाँ बर्ष २०७२ को स्वागतमा यस मुक्तक दोहोरीले आफ्नो अभियान यसैमा समर्पित गरेको छ | १५ औं मुक्तक दोहोरी अझै बिशेष रहने छ | नयाँ बर्ष मनाउनु पर्ने खास कारण र महत्व माथि मुक्तक बाट छलफल , फाइदा  र बेफाइदाहरु बीच छलफल , शुभकामना आदानप्रदान र समन्वय जस्ता बिशेष कुरा लाइ जोड दिने योजना युनिटको छ | कार्यक्रम यहि चैत २८ गते दिउसो ३ बजे बाट भोलिपल्ट (२९ गते ) रातको १२ बजे सम्म लगातार (३३ घण्टा ) चल्ने छ |  

कार्यक्रम संचालक तथा निर्देशक प्रकाश अर्याल चुकुप्रकाश हुनुहुन्छ भने व्यवस्थापन तर्फ अम्बिका प्रसाद बन्जारा , मौलिक श्रीस र अरुण रेग्मी हुनुहुन्छ , सल्लाहकारमा सुनिल अधिकारि , मदन भण्डारी र सम्झना अर्याल 'दर्पण' रहनु भएको छ भने बिशेष सहयोगी हरिशरण अर्याल हुनुहुन्छ | यो १५ भागमा सुजन क्षितिज राई र प्रतिमा केशी को मुख्य भूमिका रहने छ |

मुक्तक दोहोरीमा जो कुनैले पनि जहाँ सुकै रहेर पनि अनलाइन पद्दति बाट यस कार्यक्रममा भाग लिन पाइने व्यवस्था छ | जसको लागि फेसबुकमा Chukuprakash Muktak Dohori सर्च गरेर वा | www.facebook.com/c.muktakdohori  मा गएर मुक्तक दोहोरी पेज लाइक गरि सजिलै सदस्य बन्न सकिने छ र दोहोरी खेल्न अनुमति पाइने छ | 



मुक्तककारहरुको साथ सहयोग कस्तो छ त ? 

दोहोरी हुनुभन्दा एक हप्ता पहिले देखि मुक्तककार हरु १५ औं मुक्तक दोहोरी कार्यक्रमलाइ भब्य सभ्य बनाउनको लागि तयारीमा लागेका छन् | २०७२ सालको अगामन मुक्तक दोहोरी बाटै  गर्न तम्तयार देखिन्छन् | नेपाली मुक्तकको विकासमा लागि परेको चुकुप्रकाश मुक्तक दोहोरीलाई आँखा चिम्लेर साथ दिदै आएका छन् |

केहि मुक्तककारहरुले आफ्नै फेसबुक वालमा मुक्तक पोस्ट गर्दै कार्यकममा सहभागी हुन सार्बजनिक आग्रह पनि गर्नु भएको छ , जस मध्येबाट  केहि मुक्तक हरु यस्ता छन् | 



अवैध धन्दा गैरकानूनी,काम रोक्नेगरि आऊ
बन्द हड्ताल चक्का,जाम रोक्नेगरि आऊ
भ्रष्ट देशद्रोही नेताको अन्त्य गरी नया बर्ष
कालो बजार चर्को,दाम रोक्नेगरि आऊ

प्रतिक संग्रामी

सबैको मनमा खुशीले छाओस नयाँ बर्षमा
देसमा छिटो सम्बिधान आओस नयाँ बर्षमा
भिन्नै भएर आउनु पर्छ नयाँ बर्ष यसपाली त
जनताले सुख र समृद्धि पाओस नयाँ बर्षमा

Babu Mongolian Heart


कुरा जसको सुने पनि आँसु मात्रै झर्छ।
जता हेर्यो उतै पीड़ा कहाँ छ र हर्ष ।
सबैतिर हेर्छु टालाटुली मात्रै
किन भन्छ मान्छे आयो नयाँ वर्ष ।
Rajesh Poudel

नयाँ जोस जागर र उमङ्ग लिएर आउनु पर्छ।
दिगो शान्ती नेपालमा, अब पक्कै छाउनु पर्छ।
द्वन्द अनि संक्रमणमै, बिते ति पुराना वर्षहरु,
यो नयाँ वर्षमा अब देशले निकास पाउनु पर्छ।
बेहोशी कृष्ण कार्की
इटहरी सुनसरी हाल मलेसिया

आउनुहोस मुक्तक दोहोरीमा नयाँ वर्ष मनाउन
शुभकामनाका शन्देश साटेर खुसियाली जगाउन
नयाँ वर्ष २०७२हामी सवैका लागी नयाँ बनोस है
चुकुमै आई हाजीरी जनाउनु होला भाईचारा बढाउन
रमेश रसिक
निजगढ-4,बारा

चाप गुरास पाखैभरि फुल्दै आयो नव वर्ष,
कुहु कुहु कोकिलसंगै डुल्दै आयो नव वर्ष ।
अपुरा काम पुरा गर्न नयाँ कामको सुरु गर्न,
खुशिका रङसँगै घुल्दै आयो नव वर्ष ।।
सन्तोष बिग्रोल
दोर्पा नौ खोटाङ ।

२०७२ मा यस्तो नयाँ साल अओस्
सबै लाई खुँसी उमङ्ग दिएर अओस्
चाहेको सपना पुरा गर्न जन्ताहरुका।
हाम्रो देशमा शान्ति संबिधान बनाओस् ।

प्रकाश मगर बियोगी
सौडियार १ दाङ
हाल न्यु दिल्लि भारत

मुक्तक
अटल रहुन समृद्धि रहुन हामी सबैका चाहाना
आउदै गरेको नयाँ बर्ष को यहि छ सुभकामना
अझैँ हर्ष उल्लास मनाउदै छौँ मुक्तक दोहोरिले
आउनु होश मुक्तकिला मनहरु चुले निमन्त्रणा

शिब राज बि.सि यकल यात्री
सुर्खेत राकम ९ हाल कुवेत

नयाँ वर्षले त संविधान ल्याउँछ अरे
अनि नेपालको पहिचान ल्याउँछ अरे
असि वर्षे युवा नेताले भनेको मलाई
युद्धमा हराएका ती जहान ल्याउँछ अरे

भगवती लामा
नुवाकोट रातमाटे

नयाँ बर्ष फेरि आयो छोरा भन्नू हुन्छ आमाले !!
फर्किएन बर्षौ बित्यो दिन गन्नु हुन्छ आमाले !!
परदेशी छोराले पठाएन दुख पर्दा घरमा पैसा !!
त्यही दुख टार्न बाजो खेत खन्नु हुन्छ आमाले !!

सुजन क्षितिज राई
ईलाम


कहाँ पो झुम्ने होला यो नयाँ बर्षमा ।
कहाँ पो डुल्ने होला यो नयाँ बर्षमा ।
उनि म अनि त्यो ठाउँ सोच्नै सक्दिन ।
कसरि भुल्ने होला यो नयाँ बर्षमा ।
लोकेश लामा
हेटौडा,बस्तिपुर
हालःअबुधाबि

मुक्तक
भुत अनि वर्तमान काल उस्तै उस्तै
मेरा निम्ति हर नयाँ साल उस्तै उस्तै।
तिमीसंगै उमंग र उत्सव पनि ढाँटी गए
नयनका अश्रु ,फेवा ताल उस्तै उस्तै ।।

कृष्णसिंह मोक्तान
थानापती ९,नुवाकोट ।

नेताहरुमा राम्रो ज्ञान ल्याओस नयाबर्षले ।
बिस्वमा नै हाम्रो सान ल्याओस नयाबर्षले ।।
तीन करोड नेपाली मुहारमा खुशी भरेर ।
उपयुुक्त संविधान ल्याओस नयाबर्षले ।।
कृष्ण घिमिरे


फुलेको फुल बनि आओस् नयाँ बर्ष
बिकासे मुल बनि आओस् नयाँ बर्ष
सान्त सुन्दर समृद्ध नेपाल हो हाम्रो,
हृदय खुल् बनि आओस् नयाँ बर्ष !!

-राज वाई.के. भारपा२ पाँचथर मेची-


लेख्नुस मुक्तक मनको बह सोहोरी नयाँ वर्षमा
मिठो कोर्नु मात्रै नकोर्नु शब्द फोहोरी नयाँ वर्षमा
चूलेनिम्तो भन्दिनु सबैलाई यहि २८-२९ गते
हुँदैछ बृहत चुकुप्रकाश मुक्तक दोहोरी नयाँ बर्षमा
तिलक अधिकारी
हंसपुर-१, अर्घाखाँची
हाल:- बुटवल-१३ रूपन्देही

हिजो के के भए ती सबै बिर्सिदिनुस् !
दुख कष्ट पीडा यी सबै बिर्सिदिनुस् !
2071 मा गल्ति कमजोरि भए होला !
कि माफि दिनु कि सबै बिर्सिदिनुस्!

प्रकाश बुढाथोकी (प्रबु जलन)
चैनपुर ४ धादिङ
हाल:अरब तिर


मुक्तक।।
सबैमा शान्ति र सदभाब छाउन नब बर्षले।
देशमा बिकासका लहर ल्याउन नब बर्षले।।
बिधान बिना अल्झिरहेछ हाम्रो नेपाल आमा ।
संबिधानको नयाँ धारा सजाउन नब बर्षले।।
वीर पृथक थापा
चितवन।।
हाल मलेसिया

सजिलोका लागि .....

प्रतिक्रिया  दिन  नभुल्नु होला !





Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger