Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » विनाशकारी भूकम्प २०७२ र विडम्बना - दिप्तेन्द्र भावहीन

विनाशकारी भूकम्प २०७२ र विडम्बना - दिप्तेन्द्र भावहीन

भूकम्प २०७२ 
यो नेपालीहरुको कस्तो बिडम्बना हो | जताततै भोकमरी अनि अभाबै अभाब छ | विदेशबाट पठाएको राहत खोइ त ? विभिन्न देशले लगभग सात अरब सहयोग गरेको सि.एन.एन . न्युजले बताएको छ | प्राप्त सूचना अनुसार त्रिभुवन बिमानस्थलमा क़ुइण्टलकाक़ुइण्टल विदेशबाट आएको खाद्द्य सामग्री जस्तै रोटी,पाउरोटी,चामल अनि फलफूल कुहिने अवस्थामा छ तर सरकारले बाँड्ने काम सुरु गरेकै छैन | सही समयमा खानेकुरा मात्र पुगेपनि हजारौको पेट भरिन्थ्यो | कैयौं ठाउँमा पिउने पानीको अभाब छ |कति ठाउँमा त त्रिपालहरु पुगेकै छैन र जहाँ पुगेको छ त्यहाँ पनि पाँच परिवारले एउटा त्रिपालमा दिन-रात बिताउनुपरेको छ | विभिन्न देशहरु तथा ठाउँबाट आएका टेन्टहरु अनि त्रिपालहरु कहाँ गए ? कतै त्रिभुवन बिमानस्थलमै हरायो कि बेचियो ? मीनभवनमा केही दिन अघि मात्र बाँड्न दिएका ब्लान्केटहरु सुरक्षाकर्मीहरुले एकको रु. १५०० को दरले बेच्दै गर्दा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएको घटनाबाट म स्वयम् अवगत छु |

रिबन काट्न एबम उद्घाटन समारोहमा नेताहरु हेलिकप्टरमा धेरै चोटी उडेका हामीले नदेखेका होइनौं तर राष्ट्रिय संकटका बेला कहाँ गए ती हेलिकप्टर ? आकाशले खायो कि जमीनले निल्यो ? नेताहरुले हामीलाई यसको उत्तर दिनुपर्यो ?कहाँ हराए नेताहरु....पक्कै विदेशीले पठाएको पैसाको बाँडफाँडमा ब्यस्त होलान् | ए हुतिहारा हो! आँट छ भने जनताका अगाडी जाओ | तर तिमीहरु त नैतिकता हराएका मान्छे त हौ के जान्थ्यौ र | पैसाका लागि आमा, दिदी-बहिनी,स्वास्नी अनि छोरी बेच्ने तिमीहरुलाई यो भूकम्प एउटा संबिधान बनाउनबाट उम्किने मौका भएको छ , अर्को आन्द्रा चुटिञ्जेलसम्म लुछ्ने अवसर भएको छ | धन्य छौ तिमीहरु र धन्य रहेछ तिमीहरुको आन्द्रा | हेर नेताहरु हो ! यदि तिमीहरुले विदेशबाट पठाएको पैसामा आँखा मात्र लगायौ भने हामी नेपाली जनताहरु मिलेर तिमीहरुलाई बर्बाद गरिदिनेछौं | पर्ख नेताहरु हो मतदान त आउंदै छ नि ......तिमीहरुले देख्नेछौ |

दिप्तेन्द्र भावहीन
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger