धेरै दिन भयो केही लेखेको थिइन, यस्तो अबस्थामा के लेख्नु , लेख्न मन पनि छैन तर लेख्नै पर्ने जस्तो लाग्यो । भारतले सहयोग गर्यो त्यसको निम्ति हार्दिक नमन, धन्यवाद छ । हेर भारत राहात दिइस असल नियतले भन्ने लागेको थियो, तर राहत सगैं आहात आगात दिन थालेको छस । धेरै नहेप भारत, हाम्रो धरहरा ढलेको छ जुन हाम्रा पुर्खाले बनाएका थिए । अब हामीले झन पक्की धरहरा बनाँउछौं । धरहरा ढलेको छ तर हाम्रो सगरमाथा ढलेको छैन । हाम्रा विभिन्न मठ मन्दिर भत्केका छन तर हाम्रो पसुपतिनाथको मन्दिर भत्केको छैन। धन जनको क्षेती भएको छ । मनको क्षेती हुन दिने छैनौं । भन्न मन नलागेर भन्दै छु तेरो देशमा जस्तो हाम्रो देशमा अरु देशले आएर राज गरेका छैनन । अंग्रेजहरुले गरिदिएको बिकाशमा बढ्ता फुइ नला भारत । हो हामि अहिले भोक र शोकमा छौँ । हामिले भुकम्पले गर्दा ठुलो पाठ सिकेका छौँ । सायद हाम्रा नेताहरुले पनि सिकेका होलान यदि सिकेका छैनन भने यिनलाइ हामी जनताले महा भुकम्पको प्रलय लिएर सदाका लागि बडार्ने छौँ । अहिलेको शोकलाई शक्तिमा बदलेर नेपाललाइ पुर्ण बिकशित बनाउने छौं । हामी संग के छैन सब चिज छ । मात्र दृण इच्छा, संकल्प र प्रतिबद्धताको खाँचो छ । त्यो हामी गर्छौं । अब नगरे कहिले गर्ने, हामीले नगरे कस्ले गर्ने ?
जुन जुन देसले नेपालको लागि सद्भाव राखेका छन र सहयोग गरेका छन तिनको गुन कहिलै बिर्सने छैनौ र एक दिन अबस्य तिनिहरुको गुन तिर्ने छौं । जय देस जय नेपाल ।।
No comments:
Post a Comment