गजल
छैनन् नि कहाँ मांसपेशीले थकान,छोड् भनेका छन्
यार्,पेटका आन्द्राले चैँ ओच्छ्यान,छोड् भनेका छन्
यो दुषित दुनियाँमा,अल्लि समय रहिरहनका लागि
आफन्तहरुले मध्यपान,धूम्रपान,छोड् भनेका छन्!
खै,ऊ भेडा बनेर भीडमा,अस्तित्व खोज्नलाई जान्छ
खासमा बथानले अस्तित्वलाई बथान,छोड् भनेका छन्
मैले देवताहरुको मण्डलीसँग,मान्छेमा मन भर्न मागेँ
बालक,अरु जे वर माग्,यो रटान,छोड् भनेका छन्
मलाई चर्चभित्र घेरा हाली,तीन समूहले धम्क्याएको छ
कि वेद च्यात् भनेका छन् कि कुरान,छोड् भनेका छन्!
एक सोझो युवक,भट्टी रित्याउन,यसरी बाध्य भयो
जहानले बाआमा,र बाआमाले जहान,छोड् भनेका छन्!
-उदास अनन्त
नेपाली गजल :छैनन् नि कहाँ मांसपेशीले थकान,छोड् भनेका छन् [उदास अनन्त]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment