गजल
मेरो बाटोमा एकातिर धार अर्को तीर काडाको छुरा भए
लहूलुहान पाइला पुगेनन गन्तब्यमा र इच्छा अधूरा भए
तिम्रा साना साना खुसिहरुमा आफ्ना गमहरु पीएर बाच्छु
नसजाउ प्रियसी हातै भरी ति रँगिन फुटेका चुरा भए
दुःखै दुःखका खजानाहरु तिम्रा पनि मेरा पनि उस्तै छन्
नगुमस्याउ कुन्ठीत हुन्छन् भन है तीता मीठा कुरा भए
बिचरा यी गरीबका जिन्दगी कहाँ छन र जिन्दगी जस्ता
हेर अमिरहरु भोगमा छन पशुझैँ सुन्दरी र सूरा भए
निमुखालाइ किन दबाउछस् ए नाथे हतियार देखाएर
युध्द गर अन्यायको बिरुद्धमा यदि बलिया पाखुरा भए
खुसिहरु बिधवा भए मेरा सपनाहरु चकनाचूर हुँदा
कस्ले सुमसुम्याओस् यी घाउ कठै सन्तानहरु टुहुरा भए
धेरै बिकास गर्यो बिज्ञानले मानौं आकास आँगन हो तर
मान्छे प्रति मान्छेहरुका सोंच किन होला यती साँगुरा भए
सागर भण्डारी "बिभोर"
दर्पुक 1 पाल्पा
No comments:
Post a Comment