समर्पित बिमस ज्यु का २४ हाइकुहरु
प्यासि भएछु
मेटिएन लौ तिर्खा
आँसु पिएर।।
मन जल्या छ
के गरु भन तिमी
मल्हम छैन।।
अधेरो बस्ती
झलझलि बलेछ
आैसि रातमा।।
अम्खोरा भित्र
सागर को त्यो पानी
भरिएन लौ।।
किन मलाई
जाडोको यो मौसम
गर्मी भएछ।।
छैन रहेछ
मायाको उपचार
बिज्ञान हार्यो।।
यो नाकाबन्दी
बेरोजगार छु म
कसरी बाँच्ने।।
आकाश छुन्छ
शिरको मेरो टोपी
नेपाली सान ।।
गुलाफ पनि
मुटु घोच्छ अचेल
काडा त छोड।।
फूल हो रे म
तर किन फुल्दिन
कस्तो यो सृष्टि।।
पागल भए
दुनियाको अगाडि
के छ पर्दामा??
खोई सलाई
सागरको पानीमा
आगो पार्नु छ।।
आजकल त
जल थल सबैमा
भ्रष्ट नै भ्रष्ट ।।
मान्छेको जुनी
आज छ भोलि छैन
कर्कलो पानी।।
जालि जमाना
बिचित्रको संसार
धनको खेल।।
मायाको कुरा
बेईमानी संसार
आँसुका ढिक्का ।।
छैनन खुशि
आजकल मलाई
आँसुनै प्यारो।।
मन जलेछ
विष पिलाई उस्ले
आैषधि भन्दै।।
बेदना लिने
को पाउछु र मैले
मुस्कान दिने
शहर ठान्या५
जङ्गल पो रहेछ७
घरहरुको५ ।।
माया छ भने ५
पर्दैन दिनलाई७
जून टिपेर५।।
तिमी साथमा
बोल्न नै आउदैन
के भाछ लौ यो ।।
हुदैन होला
कदापि जुत्ता ठुलो
खुट्टा भन्दा त।।
भिन्नता छ नी
आकाश पातलको
माया प्रेममा।।
समर्पित बिमस
देउपुर १ पर्वत
अचेल बाग्लुङ बजार तिर



No comments:
Post a Comment